+
+

‘जोकर २’ का १३ गीत समेटेर लेडी गागाले एल्बम ‘हार्लेक्वीन’ ल्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १३:०८

काठमाडौं । आगामी महिना पपस्टार लेडी गागाले दुई एल्बम ल्याउने देखिन्छ । अर्को महिना सातौं स्टुडियो एल्बम ल्याउने घोषणा गरेकी गागाले मंगलबार नयाँ एल्बम ‘हार्लेक्वीन’ ल्याउने जनाएकी छन् ।

असोज १८ गते नेपालमा समेत रिलिज हुन लागेको फिल्म ‘जोकर २’ मा समावेश साउन्ड-ट्रयाकलाई समावेश गरी गागाको नयाँ एल्बम आउन लागेको हो । यो फिल्ममा गागाले ‘हार्लेक्वीन’ नामक भूमिका निर्वाह गरेकी छन् ।

असोज ११ मा रिलिज तयारीमा रहेको यो एल्बममा १३ गीत समावेश छन् । ‘म मेरो अन्तर्वार्ताको लागि तयार छु’ क्याप्सन लेख्दै गागाले प्रशंसकलाई एल्बम ल्याउन लागेकोबारे जानकारी दिएकी छन् ।

‘जोकर : फोली अ ड्युक्स’ फिल्ममा ग्रामी र अस्कर विजेता यी पपस्टारले अभिनेता ज्याक्विन फिनिक्ससँग स्क्रिन सेयर गरेकी छिन् । हलिउड सञ्चारमाध्यमका अनुसार गागाले ल्याउन लागेको एल्बममा निम्नानुसारका गीत समावेश हुनेछन् ।

१. गुड मर्निङ

२. गेट ह्याप्पी (२०२४)

३. ओ, ह्वेन द सेन्ट्स

४. वर्ल्ड अन अ स्ट्रिङ

५. इफ माइ फ्रेन्ड्स कुड सी मी नाउ

६. द्याट्स इन्टरटेनमेन्ट

७. स्माइल

८. द जोकर

९. फोली अ ड्युक्स

१०. गोन्ना बिल्ड अ माउण्टेन

११. क्लोज टु यू

१२. ह्याप्पी मिस्टेक

१३. द्याट्स लाइफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?