
९ असोज, काठमाडौं । तराइमा बसोबास गर्ने थारू महिलाहरुले आज जितिया पर्व मनाएका छन्। पूर्वी झापादेखि पश्चिम नवलपरासीसम्मका थारू महिला जितियाको व्रत लिएका छन् ।
काठमाडौं उपत्यकामा थारू महिलाहरूले तीन ठाउँमा जितिया महोत्सवको आयोजना गरेका छन् । थारू महिला समाजले राष्ट्रिय नाँचघर जमल, थारू महिला सभाले पर्यटन बोर्ड भृकुटीमण्डप र थारु सांस्कृतिक विकास मञ्चले ललितपुरको कुपण्डोलमा एकै दिन जितिया महोत्सव आयोजना गरेका हुन्।
बुधबार राष्ट्रिय नाचघर जमलमा आयोजित जितिया महोत्सवमा थारू युवतीहरू सांस्कृतिक भेषभूषा झल्किने पहिरनहरू लगाएर सहभागी भए ।
उनीहरू कार्यक्रममा पूर्वीमोरङ, सिरहा, सप्तरी, उदयपुर, चितवन, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरका थारू महिलाहरूले लगाउने परिहन लगाएर सेल्फी खिचिरहेका देखिन्थे ।
हिजोदेखि सुरू भएको जितिया तीन दिनसम्म मनाइन्छ ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4