+
+

नेवानिको अन्तर्राष्ट्रिय टिकट काठमाडौं बाहिर ४ सहरबाट किन्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १७:२२

९ असोज, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) को अन्तर्राष्ट्रिय उडानका टिकट अब काठमाडौं उपत्यका बाहिर विभिन्न चार सहरबाट किन्न सकिने भएको छ ।

काठमाडौंबाहिर भैरहवामा मात्र यो सुविधा रहेकोमा अब विस्तार गरी विराटनगर, पोखरा र नेपालगञ्जस्थित निगमको कार्यालयबाट समेत किन्न सकिने व्यवस्था गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडानको टिकट अनलाइनबाट समेत किन्न सकिन्छ । त्यसबाहेक स्थानीयले आफू रहेकै स्थानबाट टिकट किन्न सहज होस् भनी ती सहरमा सेवा विस्तार गरिएको उनले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?