+
+

भारत र अमेरिकी सेयर बजार नयाँ उचाइमा, यसकारण बढ्यो लगानीकर्ताको विश्वास

एजेन्सी एजेन्सी
२०८१ असोज ९ गते १७:५०

८ असोज, काठमाडौं । भारत र अमेरिकाको सेयर बजारले नयाँ उचाइ लिएको छ । बुधबार भारतीय बजार बीएसई सेन्सेक्सले ८५ हजार अंक पार गरेको छ । बुधबार एकैदिन बीएसई २५५ अंक (०.३० प्रतिशत) बढेर ८५,१६९ अंकमा पुगेको हो । बजार बन्द हुँदाको यो अंक हालसम्मकै उच्च हो ।

त्यस्तै ५० ठूला कम्पनीको सूचक निफ्टी ५० ले २६ हजार अंक पार गरेको छ । यस दिन सो सूचक ६३ अंक बढेर २६,००४ अंकमा कायम भएको छ । कारोबार भइरहँदा इन्ट्राडेमा निफ्टी ५० सूचक २६,०३२ अंकसम्म पुगेको थियो भने बीएसई ८५,२४७ सम्म पुगेको थियो ।

भारत मात्रै नभई अमेरिकी बजार एसएण्ड पी ५०० ले पनि नयाँ उचाइ समातेको छ । मंगलबार बजार बन्द हुँदा एसएण्ड पी इन्डेक्स ५,७३२ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १४.३६ अंक (०.२५ प्रतिशत) बढेको छ ।

त्यस्तै डोजोन्स इन्डिस्ट्रियल ०.२० प्रतिशत बढेर ४२,२०८ अंकमा पुगेको छ । डोजोन्स इन्डेक्स पनि हालसम्मकै उच्च हो । भारत र अमेरिकी बजारले रेकर्डमाथि रेकर्ड बनाइरहँदा नेपाली बजार भने सुस्ताएको छ । यद्यपि बुधबार अघिल्लो दिनको तुलनामा १.९९ प्रतिशतको वृद्धि देखिएको छ ।

पछिल्लो पटक अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदर घटाउँदा स्टक मार्केटले ‘अल टाइम हाइ रेकर्ड’ बनाउन सफल भएको सीएनबीसीले उल्लेख गरेको छ । फेडले सन्दर्भ ब्याजदर ०.५० प्रतिशत घटाएर ४.७५ देखि ५.०० प्रतिशत सीमामा कायम गरेको छ । यो ब्याजदर अझै घट्ने चर्चा चलेको छ ।

यसअघि फेडका अध्यक्ष जेरोम एच पावेलले मूल्यवृद्धिमा थप जोखिम नदेखिएमा ब्याजदर थप घट्न सक्ने बताइसकेका छन् । यसले गर्दा अमेरिकामा ब्याजदर अरु घट्दै जाने लगानीकर्ताको विश्वास छ । जसले गर्दा लगानी यतिबेला स्टक मार्केटतिर मोडिँदै गएको छ ।

त्यस्तै भारतीय बजारमा पनि अमेरिकी ब्याजदरको धेरैथोर प्रभाव पर्ने गरेको छ । भारतमा सूचीकृत कम्पनीहरूमा अन्य मुलुकका लगानीकर्ताले संस्थागत रुपमा लगानी गर्ने गरेका छन् ।  त्यस्तै एसियामा भारतको अर्थतन्त्र आगामी वर्ष उत्कृष्ट रहने विभिन्न प्रक्षेपण सार्वजनिक भएका छन् ।

सन् २०२४ मा दक्षिण एसियामा भारतको आर्थिक वृद्धिदर सबैभन्दा धेरै हुने एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण छ । सन् २०२४ मा भारतले ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने एडीबीले अनुमान गरेको छ । यसले पनि भारतीय बजारप्रति लगानीकर्ताको विश्वास बढेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?