+
+

दुर्गा प्रसाईं थप ५ दिन हिरासतमा रहने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १८:१९

९ असोज, काठमाडौं । विद्युतीय अपराध कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा रहने भएका छन् ।

जिल्ला अदालत, काठमाडौंले उनीमाथि अनुसन्धानका अझै हिरासतमा राख्न अनुमति दिएको साइबर ब्यूरोका डीआईजी नविन्द अर्यालले बताए ।

प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित घरबाट ६ असोजमा पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति पाएको थियो । प्रहरीले त्यसबेलै १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।

तर, अदालतले तीन दिनलाई मात्र स्वीकृति दियो ।

ब्यूरोमा गएर एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईं विरुद्ध उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रसाईंमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले अघिल्लो साता बुधबार अनुमति दिएको थियो ।

प्रसाईं सहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

प्रहरीका अनुसार, हाल प्रसाईंविरुद्ध अर्को एक जना पीडितले पनि उजुरी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?