+

गर्भावस्थाको लक्षण नदेखिनु गर्भपातको संकेत हो ?

२०८१ असोज  १० गते १४:२४ २०८१ असोज १० गते १४:२४
गर्भावस्थाको लक्षण नदेखिनु गर्भपातको संकेत हो ?

गर्भावस्था सुरु हुने बित्तिकै महिलामा विभिन्न प्रकारका लक्षण देखिन थाल्छन् । वाकवाकी लाग्ने, बान्ता हुने, थकान महसुस हुने, स्तन दुख्ने, खान मन नलाग्ने आदि लक्षणले गर्भावस्थाको संकेत गर्छन् ।

यदि यी लक्षणहरू अचानक देखिन बन्द भएमा यसले कुनै समस्या भएको हुनसक्ने पनि संकेत गर्छ । गर्भावस्थामा देखिने लक्षण अचानक गायब भएमा महिलाको मनमा धेरै प्रश्न उठ्न सक्छन् । यद्यपि कहिलेकाहीं गर्भावस्थाको लक्षण क्रमशः घट्नु वा हराउनु खतराको विषय नै त होइन, तर पनि कतिपय अवस्थामा गम्भीरतालाई सङ्केत गर्न सक्छ ।

स्वस्थ गर्भावस्थाको लक्षण

गर्भमा रहेको बच्चाको गति महसुस हुनु स्वस्थ गर्भावस्थाको महत्वपूर्ण सङ्केत हो । गर्भावस्थाको पाँचौं महिनामा बच्चा गर्भमा चल्न थाल्छ । छैटौं महिनामा भ्रूणले आवाज सुन्दा चल्न थाल्छ ।

जब बच्चा गर्भमा बढ्छ, पाठेघरको आकार पनि बढ्न थाल्छ । जसकारण गर्भवती महिलाको पेट बाहिर निस्कन थाल्छ । यदि गर्भावस्थासँगै महिलाको पेट बढिरहेको छ भने यो स्वस्थ गर्भावस्थाको सङ्केत हो ।

गर्भावस्थाको समयमा महिलाको स्तनमा धेरै परिवर्तन हुन्छन् । शरीरमा हुने हर्मोनल परिवर्तनका कारण यस्तो हुन्छ । गर्भावस्थामा एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको मात्रा बढ्नाले स्तनको आकार बढ्छ र यसले दुखाइ पनि हुनसक्छ । स्तनमा हुने यी सबै परिवर्तनले गर्भावस्था स्वस्थ रहेको सङ्केत गर्छ ।

गर्भावस्थाका लक्षण नदेखिनु र गर्भपतन

गर्भावस्थाको समयमा देखिने लक्षणहरूकै कारण गर्भवती भएको थाहा हुने हो । पेट दुख्ने, खाना खान मन नलाग्ने वा खानेकुरा हेर्नै मन नलाग्ने, बारम्बार पिसाब लाग्ने, मुड बदलिने आदि लक्षण देखिन्छन् । कतिपय महिलामा कब्जियतको समस्या पनि सुरु हुन्छ । तर गर्भावस्थामा देखिने यी सबै लक्षण हरेक गर्भवती महिलामा देखिनु आवश्यक पनि छैन । हरेकमा फरक-फरक लक्षण देखा पर्न पनि सक्छन् ।

मर्निङ सिकनेसको समस्या पनि सामान्यतया गर्भावस्थाको बेला देखिन्छ । मर्निङ सिकनेसको समस्या बिहानको समयमा मात्र देखिने होइन, दिनमा पनि वाकवाक लाग्ने बान्ता हुने हुनसक्छ । कतिपय महिलालाई यो समस्या देखा नपर्न पनि सक्छ । मर्निङ सिकनेस गर्भावस्थाको सुरुदेखि १४ हप्तासम्म देखिन सक्छ ।

गर्भावस्थाको लक्षण नदेखिनु र गर्भपात प्रत्यक्ष रूपमा सम्बन्धित छैनन् । किनभने धेरै महिलालाई गर्भावस्थाका सबै लक्षण महसुस नहुन सक्छ । यदि पहिले देखिरहेको लक्षण अचानक देखिन बन्द भएको अवस्थामा भने चिकित्सकको सल्लाह लिनुपर्छ ।

गर्भपातका लक्षणहरू के हुन् ?

प्रारम्भिक गर्भावस्थामा गर्भपातको सम्भावना बढी हुन्छ । गर्भावस्थाको लगभग १३ हप्ताको समयमा गर्भपातको सम्भावना अधिक हुन्छ । १३ हप्तापछि पनि केही अवस्थामा गर्भपात हुनसक्छ । गर्भपतन धेरै कारणले हुनसक्छ । गर्भपतनपछि केही लक्षणहरू जस्तै योनीबाट रक्तस्राव, रगत जम्ने, गर्भावस्थाको लक्षण हराउने, बच्चा नचल्ने र बेस्सरी पेट दुख्ने जस्ता लक्षण देखिन सक्छ ।

गर्भपतनपछि पनि गर्भावस्थाको केही हर्मोन रगतमा रहन्छ । त्यसैले गर्भपतनपछि पनि महिलाहरूले गर्भावस्थामा केही लक्षण अनुभव गर्न सक्छन् । तर यसको अर्थ महिला गर्भवती छिन् भन्ने होइन । गर्भपतनको बेलामा मर्निङ सिकनेस स्तन दुख्ने जस्ता लक्षण पनि देख्न सक्छ । यी लक्षणहरूमा ध्यान दिनुपर्छ ।

योनीबाट रक्तस्राव हुनुलाई गर्भपातको मुख्य लक्षण मानिन्छ । गर्भ रहेको एकदेखि तीन महिनासम्म रगत बग्ने समस्या छ कि छैन भनेर विशेष ध्यान दिनुपर्छ । यदि रगत बग्छ भने यसले गर्भपातको सम्भावना बढाउँछ । गर्भपतन हुँदा रक्तस्राव बढी हुन्छ । कतिपय महिलामा हल्का रगत बगेपछि एक्कासि धेरै रगत बग्न सक्छ । गर्भावस्थाभरि कुनैबेला रगत बग्ने समस्या देखियो भने यसलाई बेवास्ता गर्नु हुँदैन । तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

चिकित्सकलाई कहिले भेट्ने ?

हरेक महिलाले गर्भावस्थाको समयमा लक्षण र गर्भपतन हुँदा के लक्षण देखा पर्छ भन्ने कुरा थाहा पाउनुपर्छ । गर्भधारणपछि आफ्नो शरीरमा भएका परिवर्तनहरूलाई ध्यानपूर्वक अवलोकन गर्नुपर्छ ।

गर्भावस्थाको समयमा पहिलो दुईदेखि तीन महिनामा लक्षणहरू देखिन्छ र बिस्तारै लक्षण कम हुन्छ यो सामान्य हो । तर गर्भावस्थापछि अचानक दागधब्बा वा रगत बग्न थाल्यो भने यसलाई हल्का रूपमा लिनु हुँदैन । तुरुन्त अस्पताल गएर परीक्षण गर्नुपर्छ । गर्भावस्थाको लक्षण र गर्भपातको हानि एकअर्कासँग सम्बन्धित हुनसक्छ वा नहुन सक्छ ।

नआत्तिने तर सचेत रहने

सधैं एउटा कुरा दिमागमा राख्नुपर्छ कि सबै महिलाको गर्भावस्थाको एकै प्रकारको लक्षण देखा पर्दैन । दोस्रो पटक गर्भवती हुँदा समेत पहिलो पटकको जस्तो लक्षण नदेखिन सक्छ । त्यसैले लक्षण कम वा बढी भयो भनेर आत्तिनु पर्दैन । कुनै कुरामा समस्या महसुस हुन्छ वा अनौठो लक्षण देखा पर्छ भने पनि चिकित्सकसँग परामर्श लिनुपर्छ । गर्भावस्थाको लक्षण र गर्भपतनको लक्षणको बारेमा सचेत हुनुपर्छ तर आत्तिनु भने हुँदैन ।

गर्भपात गर्भावस्था डा. सचिनकुमार यादव
डा. सचिनकुमार यादव
लेखक
डा. सचिनकुमार यादव
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. यादव हाल प्रादेशिक अस्पताल मलंगवामा कार्यरत छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १०२८८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१
7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२

फिचर

घाँटी दुख्दा किन एन्टिबायोटिक खाइहाल्नु हुँदैन ?

घाँटी दुख्दा किन एन्टिबायोटिक खाइहाल्नु हुँदैन ?

कसरी आउँछ ज्वरो, पानीपट्टी कस्तो अवस्थामा लगाउने ?

कसरी आउँछ ज्वरो, पानीपट्टी कस्तो अवस्थामा लगाउने ?

गुप्ताङ्गमा समस्या भइराख्ने कारण भित्री वस्त्र त होइन ?

गुप्ताङ्गमा समस्या भइराख्ने कारण भित्री वस्त्र त होइन ?

माछामासु नखानेलाई पनि किन हुन्छ कोलेस्टेरोल ? (भिडियो)

माछामासु नखानेलाई पनि किन हुन्छ कोलेस्टेरोल ? (भिडियो)

मखाना वास्तवमै ‘सुपर फुड’ हो ?

मखाना वास्तवमै ‘सुपर फुड’ हो ?

आईभीएफले निःसन्तान दम्पतीलाई दिएको खुसी

आईभीएफले निःसन्तान दम्पतीलाई दिएको खुसी