
काठमाडौं । दशैंको अवसर पारेर भक्तपुरको मध्यपुर थिमि, लोकन्थलीमा सांगीतिक कन्सर्ट हुने भएको छ । असोज १८ गते ट्रिम्फ इभेन्टले आयोजना गर्ने उक्त कन्सर्टमा कुमा सागर ख्वप, पूर्ण राई एण्ड दाजुभाइहरु, रक हेड र स्थानीय ब्यान्डले मनोरञ्जन प्रदान गर्नेछन् ।
कार्यक्रम लोकन्थलीको क्लब मध्यपुरमा हुनेछ । मध्यपुर थिमिलाई चिनाउने उद्देश्यका साथ कन्सर्ट आयोजना गर्न लागेको आयोजक संस्थाका कृष डंगोलले जानकारी दिए ।
कन्सर्टमा सहभागी हुन साधारणतर्फ ७०० रुपैयाँ र विशिष्टतर्फ एक हजार रुपैयाँ टिकट राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4