+

एभरेष्ट महिला भलिबल लिगको खेलतालिका सार्वजनिक

२०८१ असोज  ९ गते १८:४१ २०८१ असोज ९ गते १८:४१
एभरेष्ट महिला भलिबल लिगको खेलतालिका सार्वजनिक

९ असोज, काठमाडौं। ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक हुन लागेको वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) को खेलतालिका सार्वजनिक भएको छ ।आइोजक ईन्फिनिटी ड्रिम्सले बुधबार प्रेस विज्ञप्ती मार्फत खेलतालिका सार्वजनिक गरेको हो ।

नेपाली महिला भलिबलमा पहिलो पटक हुन लागेको महिला भलिबलको फ्रेन्चाईज लिग यही असोज १४ देखि १९ गते (सेप्टेम्बर३० देखि अक्टोबर ५) सम्म हुँदैछ ।

सार्वजनिक खेलतालपका अनुसार लिगको उद्घाटन खेल असोज १४ गते उपत्यकाको दुई टोली काठमाडौं स्पाईकर्स र ललितपुर क्विन्सबीच हुनेछ । खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

उद्घाटन समारोह दिउँसो साढे २ बजे सुरु हुनेछ । पहिलो दिनै मधेश युनाइटेड र कर्णाली यशविसबीच दोस्रो खेल हुनेछ भने चितवन शक्ति र गण्डकी थण्डर्सबीच तेस्रो खेल हुनेछ ।

६ फ्रेन्चाईजी सहभागि हुने ईडब्लुभिएलका खेलहरु दशरथ रंगशालाको कभर्डहलमा आयोजना हुनेछ ।

सहभागि टोलीबीच सिंगल राउण्ड रोविनका आधारमन खेल सञ्चालन हुनेछ । त्यसपछि शीर्ष दुई टोलीबीच फाईनल खेल हुनेछ ।

हरेक दिन तीन खेल हुनेछ । पहिलो खेल दिउोसो ३:४५ बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५:४५ र तेस्रो खेल बेलुका ७:४५ बजे सुरु हुनेछ ।

लिगमा कूल १६ खेल हुनेछ । लिग चरणमा १५ खेल हुनेछ । लिगमा शीर्ष दुईमा रहने टोलीबीच फाईनल खेल हुनेछ ।

एभरेष्ट महिला भलिबल लिग महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय