+
+

सरकारका साझा कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता दिने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १९:२६

९ असोज, काठमाडौं । अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयहरूलाई विशेष ध्यान दिएर अर्थ मन्त्रालयका नीति तथा कार्यक्रम र गतिविधिहरूमा समावेश गरी अघि बढाउने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयमा बुधबार बसेको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले अर्थ मन्त्रालयले हरेक दिनमा गर्ने कार्यक्रममा पनि न्यूनतम साझा कार्यक्रममा उल्लेखित विषयलाई समावेश गरी कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

२ असोज २०८१ का दिन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरिएको थियो ।

सोही दिन बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको न्यूनतम कार्यक्रम पारित गरी कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सरकारको न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्रलाई चलायमान बनाउने, युवा साझेदारी कार्यक्रमलाई अघि बढाउने लगायतका विषय छन् ।

बैठकले एक सय दिनमा सम्पन्न गर्नुपर्ने कार्यक्रम, अन्तर–मन्त्रालय समन्वय, राजस्व परिचालन, पूँजीगत खर्च, अर्थ मन्त्रालयको वार्षिक बजेट कार्यान्वयन लगायत विषयलाई विशेष प्राथमिकता दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?