+

महिला लिगमा पुलिसको सहज जित

२०८१ असोज  ९ गते २०:५४ २०८१ असोज ९ गते २०:५४
महिला लिगमा पुलिसको सहज जित

९ असोज, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा बुधबार कर्णाली प्रदेशलाई ३-० ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुलिसलाई जित दिलाउन निर्मला उपाध्याय, मनिषा राउत र सम्झना लावतीले गोल गरे ।

खेलको ४४औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा पुलिसले दुई गोल थप्यो ।

मनिषाले ५५औं मिनेटमा गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाइन् । यस्तै ८२औं मिनेटमा सम्झनाले पुलिसका लागि तेस्रो गोल गरिन् ।

जारी लिगमा पाँचौ जित निकालेको पुलिस ८ खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा छ । समान खेलबाट ४ अंक मात्र रहेको कर्णाली नवौँ स्थानमा छ । कर्णाली सुपर लिगको होडबाट बाहिरिसकेको छ ।

 

एन्फा महिला लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय