+
+

पाटनमा बढ्न थाल्यो चंगाको व्यापार (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ असोज ९ गते २१:१२

९ असोज, काठमाडौं । नेपालीको महान चाड बडा दसैँ सुरु हुन अब ८ दिन बाँकी छ ।दसैँमा चंगा उडाउनुको मज्जा नै बेग्लै हुन्छ। आकाशमा रंगीबिरंगी चंगा उडेको देखेपछि सबैले दसैँ आउँदै छ भन्ने महसुस गर्छन्।

यही कारणले होला नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ । ललितपुरको पाटन, मंगलबजारमा चंगा बेच्न राखिएका छन् ।

अहिले कागजबाट बनेको चंगाभन्दा भारतबाट आएको रंगीविरंगी प्लास्टिकका चंगाले स्थान ओगटेको छ। चंगा उडाउने पारखीलाई डाइमन्ड, टाइगर, पान्डा, फाइभ, टिपु सुल्तान, १२ तार, १६ तार र माकालका धागो नै किन्ने गरिन्थ्यो ।

किन उडाइन्छ चंगा ?

चंगा नेपालमा मात्र नभएर विभिन्न देशमा उडाइन्छ। नेपालमा भने दसैँमा परिवार तथा साथीभाइसँग रमाइलो गर्न उडाइन्छ। तर, नेपालमा चंगा उडाउनुको अर्थ बेग्लै छ । इन्द्रलाई सहकाल देवता भनिन्छ। धान भित्र्याउने समयमा पानी नपार्न इन्द्रलाई सन्देश पठाउन नै चंगा उडाउने गरेको लोककथा र किंवदन्ती छ।

शरद ऋतुको समयमा धान पाक्ने र भित्र्याउने समय भएकाले नै वर्षात्का राजा इन्द्रलाई अब पानी पुग्यो भनी सूचना दिन चंगा उडाएर पठाउने जनविश्वास छ। दसैँको समयमा चंगा उडाउँदा पानी नपर्ने विश्वास अहिले पनि छ।

चंगाको इतिहास निकै पुरानो छ। इतिहासकारका अनुसार चंगाको उत्पत्ति चीनमा भएको हो। इसापूर्व तेस्रो शताब्दीमै चीनमा चंगा उडाइन्थ्यो। चिनियाँ दार्शनिक हुआङ थेगले विश्वकै पहिलो चंगा आविष्कार गरेका थिए। त्यसवेला चीनमा चंगा उडाउनुलाई निकै शुभकार्यका रूपमा लिइन्थ्यो।

हेर्नुहोस् तस्वीरहरू :

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?