+

काठमाडौं स्पाइकर्सले भित्र्यायो टर्किस खेलाडी

२०८१ असोज  १० गते ६:२२ २०८१ असोज १० गते ६:२२
काठमाडौं स्पाइकर्सले भित्र्यायो टर्किस खेलाडी

१० असोज, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ का लागि काठमाडौं स्पाइकर्सले टर्किस खेलाडी पेलिन एरोक्टेलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।

बायाँ हाते अपोजिट हिटर पेलिन एरोक्टे आफ्नो शक्तिशाली अट्याक र बलियो डिफेन्स क्षमताका लागि परिचित रहेकोले उनको आगमनले टिम बलियो हुने काठमाडौं स्पाइकर्सको विश्वास छ ।

पेलिनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसकेकी छिन् । उनले युरोपियन यू १६ च्याम्पियनसिप, यूरोपियन यू १७ च्याम्पियनसिप र विश्व यू १९ च्याम्पियनसिप जस्ता प्रतिष्ठित टुर्नामेन्टहरूमा टर्कीको उमेर समूहबाट खेलिसकेकी छन् । यस्तै उनले सन् २०२२ मा यू १८, यू १९ र यू २१ मा युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी थिइन् ।

पेलिनसँग क्लबस्तरमा टर्किस काडिनलार भलिबल लिग, टर्की कप, टर्की काडिनलार वन लिगी र टर्की कादिनलर भलिबल टु लिगी कपमा भाग लिएको अनुभव छ ।

राष्ट्रिय टिम र क्लबहरू दुवैमा दिएको योगदानका आधारमा उनले बीभीए यू १६ मा मोस्ट भ्यालुएबल प्लेयर, बीभीए यू १७ मा बेस्ट सर्भर र युरोपियन यू १७ च्याम्पियनसिपमा बेस्ट अपोजिट सहितका व्यक्तिगत अवार्डहरू पनि प्राप्त गरेकी छिन् ।

व्यक्तिगत र टिमको सदस्यको रूपमा प्राप्त उपलब्धिहरूको प्रभावशाली रेकर्डले उनमा भएको प्रतिभा र टर्की तथा अन्तर्राष्ट्रिय भलिबलमा उनको उज्ज्वल भविष्यलाई समेत संकेत गर्छ । २० वर्षीया पेलिनको उचाइ १९० सेन्टिमिटर छ ।

काठमाडौं स्पाइकर्सका सीओओ सुदिक्षा अधिकारीले बलियो र सन्तुलित टिम निर्माण गर्ने लक्ष्यसहित विदेशी खेलाडीहरुलाई भित्र्याएको र पेलिनको अनुबन्धले टिम बलियो भएको बताइन् । उनको अन्तर्राष्ट्रिय अनुभवले लिगमा काठमाडौं स्पाइकर्सलाई फाइदा पुग्ने अधिकारीको विश्वास छ ।

इडब्लुभिएलमा काठमाडौं स्पाइकर्समा अनुबन्ध भएपछि पेलिनले नेपालमा आएर खेल्न उत्सहित रहेको बताइन् । ‘यस्तो गतिशील र महत्वाकांक्षी टिमको हिस्सा हुन पाउँदा मैले सम्मानित महसुस गरेकी छु । भलिबल मेरो लागि खेल मात्र नभई प्रेम पनि हो,’ उनले भनिन्, ‘आफ्नो अनुभव नेपाल ल्याएर स्पाइकरहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाका लागि मद्दत गर्न म तयार छु । मैले एभरेष्ट महिला भलिबल लिगको भावनाको बारेमा पनि धेरै सुनेको छु र म आफ्नो टिमको सफलतामा योगदान दिन र प्रशंसकहरूलाई भेट्न आतुर छु ।’

इन्फिनिटी ड्रिम्सको आयोजनामा यही असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने पहिलो संस्करणको इडब्लुभिएलमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्सले उद्घाटन खेलमा ललितपुर क्विन्ससँग खेल्दै लिगको यात्रा सुरु गर्नेछ ।

एभरेष्ट महिला भलिबल लिग काठमाडौं स्पाइकर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२
6 Stories
६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १५:५८