+

एन्फा महिला लिग: सुपर लिग पुग्ने होड, २ स्थानका लागि ५ टोली प्रतिस्पर्धामा

२०८१ असोज  १० गते ९:०५ २०८१ असोज १० गते ९:०५
एन्फा महिला लिग: सुपर लिग पुग्ने होड, २ स्थानका लागि ५ टोली प्रतिस्पर्धामा

१० असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको एन्फा महिला लिग २०८१ मा आठ चरणको खेल सकिएको छ । विभाग, क्लब, प्रदेश र नगरपालिकाको गरी १० टिम सहभागी लिगमा पहिलो चरणको अन्तिम खेलहरु बाँकी छन् ।

यस पटक पहिलो चरणका शीर्ष पाँच टोली सुपर लिगमा प्रवेश गर्ने भएकोले शीर्ष पाँच कुन कुन टिम पर्छ भनेर चासोको विषय बनेको छ । सधैँ जस्तै तीन विभागीय टोलीहरु एपीएफ, त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लबले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित छन् । यी तीन टोलीले पहिलो चरणमा शीर्ष पाँच भित्र आफ्नो स्थान पक्का गर्दै सुपर लिगमा स्थान बनाइसकेका छन् ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश अन्तिम दुई स्थानमा छन् र सुपर लिग होडबाट बाहिरिसकेका छन् ।

बाँकी पाँच टोली सुपर लिगमा पुग्नका लागि होडमा छन् । सुपर लिगमा पाँच टोलीले डबल राउण्ड रोविनमा प्रतिस्पर्धा गर्ने भएकोले अब दुई स्थान मात्र खाली छ । जसका लागि ५ टोली होडमा छन् ।

सुपर लिग डबल राउण्ड रोविनका आधारमा हुने भएकोले त्यहाँ पुग्ने टोलीले कम्तीमा पनि ८ खेल खेल्न पाउनेछ । बलियो टोलीसँग खेल्न पाउने र खेलाडीहरुले पनि थप एक्सपोजर पाउने भएकोले टिमहरु सुपर लिग पुग्ने होडमा छन् ।

कुन टिमको अवस्था कस्तो?

पछिल्लो पटक भएको महिला लिगको विजेता एपीएफले यस लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा त्रिभुवन  आर्मी क्लबसँग बराबरी खेलेपनि त्यसपछि एपीएफले लगातार ७ खेल जित्दै २१ अक जोडेर शीर्ष स्थानमा छ ।

एफीएफ महिला फुटबल टिम ।

एपीएफसँग बराबरी खेलेको आर्मी अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएपनि दोस्रो स्थानमा छ । ६ जित १ बराबरी र १ हराबाट १९ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ ।

अर्को विभागीय क्लब पुलिस अपराजित रहेपनि पुलिसले ३ खेल बराबरी खेल्दा अंक धेरै गुमाएको छ । पुलिस ५ जित र ३ बराबरीबाट १८ अंकसहित तेस्रो स्थानमा छ ।

यी तीन टोलीले सुपर लिग खेल्ने पक्का भइसकेको छ ।

एपीएफ र आर्मीले लिगमा सर्वाधिक ४६ गोल गरेका छन् । तीनवटै विभागीय टोली कम गोल खानेमा छन् । पुलिसले जम्मा १ गोल व्यहोरेको छ भने एपीएफले २ तथा आर्मीले ४ गोल व्यहोरेको छ ।

तीन विभागीय टोलीलाई पछ्याउने टोलीहरुमा स्याङ्जाको वालिङ नगरपालिका, कोशी प्रदेश, बागमती युथ क्लब छन् । यी तीन टोलीले सुपर लिगमा पुग्नका लागि दाबेदारी पेश गरिरहेका छन् ।

नेपाल पुलिस क्लब फुटबल टिम ।

८ खेलबाट वालिङको १२ अंक छ भने कोशी प्रदेशको ११ अंक र बागमतीको १० अंक छ । यी टोलीहरु शीर्ष पाँचमा पर्ने नपर्ने आफ्नै हातमा छ । वालिङले विदेशी खेलाडी भित्र्याएपनि प्रदर्शन सुधार गरेको थियो । वालिङले ४ खेल जित्दा ४ खेलमा हार व्यहोरेको छ ।

यस्तै लिगमा उत्कृष्ट सुरुवात गर्दै लगातार ३ खेल जितेको कोशीले त्यसपछिका ५ खेलमा कुनै जित निकाल्न सकेन । कोशी ३ जित २ बराबरी र ३ हारको नतिजा निकालेको छ । बागमती प्रदेशले पनि ३ खेल जित्दा १ बराबरी खेलेको छ भने ४ खेलमा पराजित भएको छ ।

यसपछि रहेका दुई टोली संकटा फुटबल क्लब र चन्द्रपुर नगरपालिकाको समान ८ अंक छ । संकटा र चन्द्रपुरको भने सुपर लिगमा पुग्नको लागि झिनो सम्भावना मात्र बाँकी छ । गोल अन्तर माइनस रहेकोले पनि यी दुई टोलीका लागि महिला लिगाको यात्रा करिब टुङ्गिएको अवस्थामा छ ।

त्रिभुवन आर्मी क्लबको महिला फुटबल टिम ।

यस पटक सुदूरपश्चिम प्रदेशले लिगमा सबैभन्दा निराश बनायो । खेलाडी छनोटमै प्रदेशमा विवाद देखिएपछि नयाँ खेलाडी लिएर लिग खेल्न आएको सुदूरपश्चिमले एक खेल पनि जित्न सकेको छैन । ८ वटै खेलमा पराजित भएको सुदूरपश्चिमले लिगमा सर्वाधिक ६५ गोल व्होरेको छ भने जम्मा ३ गोल विपक्षीको पोष्टमा गरेको छ ।

अब अन्तिम चरणमा कसको खेल कोसँग?

लिगमा बिहीबारदेखि नै पहिलो चरणका अन्तिम खेलहरु सुरु हुनेछन् । जसबाट सुपर लिगमा पुग्ने बाँकी दुई टोलीको पनि टुंगो लाग्नेछ ।

विभागीय टोलीले सुपर लिगमा स्थान पक्का गरिसकेको अवस्थामा अब अन्य टोलीका लागि अब हुने खेल महत्वपूर्ण हुनेछ । बिहीबार चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिका तथा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।

यी दुई खेलको नतिजा सुपर लिगमा पुग्ने टिमको लगभग निर्धारण हुन सक्छ ।

शुक्रबार एपीएफ र बागमती युथ क्लब तथा त्रिभुवन आर्मी एफसी र कर्णाली प्रदेशबीच खेल हुनेछ । यस्तै शनिवार लिगको अन्तिम खेलमा संकटा एफसीले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

बागमती र संङ्कटाले अन्तिम खेलमा विभागीय टोलीको सामना गर्नुपर्ने भएकोले खेल कठिन हुन सक्छ । त्यसैले यी दुईको तुलनामा अन्य टोलीका लागि केही सहज हुन सक्छ ।

यदी अनुकुल नतिजा आएका चन्द्रपुर र वालिङ तथा कोशी र सुदूरपश्चिमबीच हुने बिहीबारको खेलपछि नै शीर्ष पाँचमा रहने टोलीको टुङ्गो लाग्न सक्नेछ ।

वालिङ र कोशी दुवै टोली विजयी भएको खण्डमा यही दुईले शीर्ष पाँच स्थान पक्का गर्दै सुपर लिगमा स्थान बनाउनेछन् । तर त्यसभन्दा फरक नतिजा आएका भने बागमती क्लबको पनि झिनो सम्भावना बाँकी रहनेछ ।

वालिङ र कोशीले आफ्नो प्रतिद्वन्दी विरुद्ध बराबरी खेलेपनि शीर्ष पाँचको सम्भावना कायम रहनेछ । हारले भने यी दुई टोलीले बाँकी खेलको नतिजा कुर्नुपर्नेछ ।

एन्फा महिला लिग महिला फुटबल टिम महिला फुटबल प्रतियोगिता
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२
6 Stories
६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १५:५८