+
+

दशैंमा विभिन्न ब्रान्डका टीभी, फ्रिजर, वासिङ मेसिनमा छुट लहर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते ९:०२

८ असोज, काठमाडौं । दशैं–तिहार लक्षित गर्दै घरायसी विद्युतीय सामग्रीका विभिन्न ब्रान्डले छुट तथा उपहार योजना ल्याएका छन् ।

स्वदेशी तथा विदेशी ब्रान्डले चाडबाडमा छुट अफर ल्याएपछि बजार थप चलायमान हुने कम्पनीहरूको अपेक्षा छ । अरू बेलाभन्दा चाडबाडमा सार्वजनिक हुने अफरले उपभोक्ता आकर्षित गर्न बल पुग्ने उनीहरूको भनाइ छ ।

यसै क्रममा सामसङले चाडपर्व लक्षित ‘अफर’ मा ३१ प्रतिशतसम्म छुट योजना ल्याएको छ । ३० कात्तिकसम्म सञ्चालन हुने ‘भव्य दशैं–तिहार, घरभरि उपहार’ अफरमा ३१ प्रतिशतसम्म छुटमा सामसङ टीभी र घरेलु उपकरण खरिद गर्न सकिने छ । सामसङले वासिङ मेसिन, रेफ्रिजिरेटर, टीभी, माइक्रोवेभ ओभन लगायतमा छुट योजना ल्याएको हो ।

कम्पनीले ८ किलो क्षमताको ९० हजार पर्ने वासिङ मेसिन ७३ हजारमै दिने अफर ल्याएको छ । त्यस्तै ४६५ लिटर क्षमताको डबल डोर रेफ्रिजिरेटरको मूल्य १ लाख ६५ हजार रहेकोमा १ लाख २० हजार ५ सयमै दिने भएको छ ।

४१५ लिटरको रेफ्रिजिरेटरमा १० प्रतिशत छुट दिई १ लाख ४ हजार ८ सय ४० रुपैयाँमै प्रदान गरिने सामसङले जनाएको छ । कम्पनीका अनुसार १२ किलो क्षमताको एआई वासिङ मेसिन १ लाख ६६ हजार रुपैयाँमै दिइने छ ।

साथै, सामसङ टीभी खरिद गर्दा ग्राहकले १२ महिनासम्मको निःशुल्क वल्र्डलिंक इन्टरनेट र नेट टीभी सब्स्क्रिप्सन पाउने तथा चुनिएका सामसङ फ्रन्ट लोड वासिङ मेसिन खरिद गर्दा निःशुल्क ६ किलो सर्फ एक्सेल म्याटिक पाउनेछन् ।

हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्सले १८ महिनाका लागि शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा सामसङ टीभी खरिद गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

टीभीमात्र नभई कतिपय वासिङ मेसिन, रेफ्रिजिरेटरमा पनि किस्ताबन्दी सुविधा रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लायन्सेसले घरायसी उपकरण खरिदमा ४० प्रतिशतसम्म छुट दिने भएको छ । यसैगरी ग्राहकले हरेक साता लक्की ड्रमार्फत माइक्रोवेभ जित्न सक्ने योजना कम्पनीले ल्याएको छ ।

स्काइवर्थ नेपालका टेलिभिजन, रेफ्रिजिरेटर, वासिङ मेसिन, एयरकन्डिसनर बजारमा उपलब्ध छन् । स्काइवर्थको ८६ हजार ५ सय पर्ने वासिङ मेसिनमा १७ हजार ३ सय छुट दिई ६९ हजार २ सय रुपैयाँमै उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ९८ हजार ५ सय ६५ पर्ने वासिङ मेसिनमा १९ हजार ७ सय १३ रुपैयाँ बचत हुनेगरी ७८ हजार ५ सय ८२ मै प्रदान गरिने छ । डबल डोर रेफ्रिजिरेटरमा ११ हजार १ सय ९९ देखि १६ हजार ७ सय ८० रुपैयाँसम्म छुट रहेको कम्पनीले जनाएको छ ।

सीजीले पनि विभिन्न सामानमा नगद छुट योजना ल्याएको छ । २४ इन्चको एलईडी टीभीको मूल्य १६ हजार ७ सय ९० रुपैयाँ रहेकोमा दशैंको अवसरमा १३ हजार ३ सय ९० मै उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

योबाहेक अन्य टीभीमा पनि छुट उपलब्ध गराएको छ । ३५० लिटर डबल डोर रेफ्रिजिरेटरको मूल्य ७६ हजार रहेकोमा ६२ हजार ७ सय ९० मै उपलब्ध गराइएको छ ।

सीजीका कराई तथा राइसकुकरमा १२ प्रतिशत, ग्राइन्डर १२, इन्फ्रारेड कुकटप १२, ड्राइ आइरन १२, वासिङ मेसिन र रेफ्रिजिरेटरमा १८ तथा टीभीमा २० प्रतिशतसम्म छुट दिइएको कम्पनीले जनाएको छ ।

एलजीको वासिङ मेसिनमा १६ प्रतिशत, टीभी २२, सिंगल र डबल डोर रेफ्रिजिरेटरमा १६ प्रतिशतसम्म छुट दिइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एलजीको १९० लिटर सिंगल डोर रेफ्रिजिरेटरमा १६ प्रतिशत छुट दिई २७ हजार २ सय ९० रुपैयाँमै उपलब्ध हुनेछ ।

त्यस्तै एलजीको १० किलो क्षमताको फ्रन्ट लोड वासिङ मेसिनमा १६ प्रतिशत छुट दिएर १ लाख २० हजार ८ सय ९० रुपैयाँमा उपलब्ध हुनेछ ।

त्यसैगरी माइडियाका विभिन्न इलेक्ट्रोनिक्स सामानमा १५ देखि २० प्रतिशतसम्म छुट रहेको कम्पनीले जनाएको छ । १२ किलो फ्रन्ट लोड वासिङ मेसिनको मूल्य ९१ हजार ३ सय ९० रुपैयाँ रहेकोमा अफरमा ७६ हजार ७ सय ९० मा दिइने कम्पनीले जनाएको छ ।

माइडियाको १४०० वाटको भ्याकुम क्लिनरमा १६ प्रतिशत छुटसाथ ८ हजार २ सय ९० रुपैयाँमा दिइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १० किलो फ्रन्ट लोड वासिङ मेसिनमा १६ प्रतिशत छुट दिई ७२ हजार ६ सय ९० रुपैयाँमा प्रदान गरिने छ ।

त्यस्तै विभिन्न ग्यास स्टोभमा २० प्रतिशत छुट प्रदान गरिएको छ । ३३८ लिटर डबल डोर रेफ्रिजेरेटरमा १६ प्रतिशत छुट दिई ६३ हजार ९ सय ९० रुपैयाँमा प्रदान गरिने छ । माइडियाको माइक्रोवेब ओभनमा १६ प्रतिशत छुट दिई १४ हजार ९० रुपैयाँमै प्रदान हुनेछ ।

अर्को ब्रान्ड टीसीएलको १० किलो र ८ किलो फ्रन्ट लोड वासिङ मेसिनमा १८ प्रतिशत छुट दिइएको कम्पनीले जनाएको छ । छुटपछि १० किलो वासिङ मेसिनको मूल्य ७० हजार ९० र ८ किलोको ५२ हजार ४ सय ९० रुपैयाँ पर्छ ।

टीसीएलका टीभीमा पनि २० प्रतिशतसम्म छुट दिइएको छ । टीसीएलको एयरकन्डिसनर (एसी) मा २० प्रतिशतसम्म छुट दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?