+
+

युकेको मौसमी कामदार भिसा खुलाउन वैदेशिक रोजगार व्यवसायीको माग  

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते ११:११

९ असोज, काठमाडौं ।  युकेमा नेपालबाट मौसमी कामदार (सिजिनल भिसा)मा नेपाली श्रमिक पठाउन लगाइएको रोकलाई खुलाउन सरकारले पहल गरिदिन वैदेशिक रोजगार व्यवसायीले माग गरेका छन् ।

गोफण्ड इन्टरनेसनल लिमिटेडले बुधबार गरेको एक कार्यक्रममा  उनीहरुले सन् २०२२ पछि युकेले नेपालबाट कृषि क्षेत्रमा सिजिनल भिसामा श्रमिक लैजान लगाएको रोक खुला सरकारी तहबाट प्रयास गर्नुपर्ने बताएका हुन् ।

गोफण्ड इन्टरनेसनल लिमिटेडका सल्लाहकार क्रिस रोबकले लगाउदा नेपाली श्रमिकले अवसर गुमिरहेको बताए । ‘युकेको कृषिमा सिजिनल भिसामा आप्रवासी श्रमिकको माग धेरै छ’ उनले भने, ‘तर नेपाल त्यो अवसरबाट वञ्चित छ ।’

उनका अनुसार युकेले वार्षिक ४५ हजार बराबरको आप्रवासी श्रमिक भित्राइरहेको छ । तर युकेले भने नेपाली श्रमिक लैजान बन्द गरेकाले यो अवसर नेपालले गुमाउनु परेको उनले बताए ।

नेपालबाट श्रमिक सिजिनल भिसा पठाउदा म्यानपावार कम्पनीबाट श्रमिक ठगिएको, भिसा सकिएपछि गैरकानुनी बसाइजस्ता कारण देखाएर युकेले नेपालबाट सन् २०२३ बाट श्रमिक लैजान बन्द गरेको थियो । सन् २०२२ मा ३ हजार ६०० श्रमिक सिजिनल भिसामा युके गएका थिए । तर त्यसपछि श्रमिक लैजान मानेको छैन ।

तर अब भने युकेले लगाएको श्रमिक लैजान लगाएको रोकलाई खुलाउन नेपाल सरकारले प्रयास थाल्नुपर्ने रोबकले बताए । ‘सन् २०२९ सम्म युकेले यही भिसामा श्रमिक लैजानेछ’ उनले भने, ‘अहिलेकै अवस्था रह्यो भने नेपालीले श्रमिकले यो अवसर पाउने छैनन् । नेपाल सरकारले श्रमिक पठाउने कुरामा पहल थाल्नुपर्छ ।’

कार्यक्रममा सहभागी व्यवसायीले नेपाल सरकारले युके सरकारसँग श्रमिक पठाउने विषयमा प्रयास नगर्दा नेपाली श्रमिकले अवसर गुमाइरहेको धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?