+

सनस्क्रिन किन लगाउने ?

२०८१ असोज  १० गते १३:५० २०८१ असोज १० गते १३:५०
सनस्क्रिन किन लगाउने ?

छालाको सुरक्षाका लागि सनस्क्रिन लगाउनु आवश्यक छ भन्ने कुरा हामीले सबैले सुनेका छौं । तर लगाउनैपर्छ भन्नुको पछाडिको कारण भने कतिपयलाई थाहा नहुन सक्छ ।

हाम्रो छालाको काम भनेको मानिसको हड्डी ढाकेर सुन्दर देखाउने मात्र होइन, हानिकारक परावैजनी यूभीए र यूभीबी किरणबाट बचाउनु पनि हो ।

यी परावैजनी किरण सूर्यको प्रकाशबाट आउँछ । सूर्यको प्रकाशमा नाङ्गो संवेदनशील छाला पर्दा त्यसमा हुने हानिकारक परावैजनी किरणहरूले छालालाई असर गर्छ । सो असर रोक्ने काम सनस्क्रिनको प्रयोगले गर्छ ।

के कस्तो असरबाट सनस्क्रिनले जोगाउँछ ?

छाला डढ्न दिदैन

घामको प्रत्यक्ष किरण नाङ्गो छालामा पर्दा डढ्न सक्छ । घर बाहिर केही घण्टासम्म दिनहुँ काम गर्दा वा डुल्दा छालामा क्षति पुग्न सक्छ । छालामा रहेको तत्वको काममा बाधा पुग्छ । जसले गर्दा उमेर अगावै छाला चाउरी पर्ने समस्या ल्याउँछ ।

परावैजनी किरणले छालाको सतहमुनि रहेको डीएनएमा क्षति पुर्‍याई छालाको रुपमा परिवर्तन स्वरूप छालाको चाउरी पर्छ । डीएनए क्षति भएमा मेलेनोमा सहित छालाका समस्या एक पछि अर्को गरी देखा पर्छ । मेलेनो छालाको बाहिरी तहमा गहिरो रंग दिने तत्व हो । जसले छालालाई सामान्य रंग दिन्छ ।

छालामुनि रहेको तहमा हुने हानिबाट बचाउन मेलेनोलो मेलेनिनको उत्पादन बढी गर्छ । मेलानिनले घामको विकिरणलाई अवशोषित गर्ने काम गर्छ । मेलानिन बढी भएमा छालामा क्षति हुन पाउँदैन ।

तर सनस्क्रिन लगाएको छैन भने मेलेनिनको उत्पादनमा पनि कमी आउँछ । जसकारण छाला रातो हुने वा डढेको दाग जस्तो देखिन्छ । त्यसैले यसबाट बच्न सनस्क्रिन लगाउनैपर्छ ।

छाला क्यान्सरको सम्भावित जोखिम कम गर्न

दैनिक सनस्क्रिन लगाएमा छाला क्यान्सरबाट बच्न सकिन्छ । अमेरिकामा यो क्यान्सर पाँच जनामा एक जनामा देख्ने गरेको तथ्याङ्कले देखाउँछ ।

नेपालमा अमेरिकाकै जस्तो जोखिम नरहे पनि केही प्रतिशतमा क्यान्सर गराउन सक्छ । त्यसकारण घाममा रहँदा दुई घण्टाको अन्तरमा सनस्क्रिन लगाउनैपर्छ ।

छालाको रङ परिवर्तन हुन नदिन

सनस्क्रिन नलाउनेको अनुहारको छालामा खैरा कडा दागहरू देखिने जोखिम लगाउनेको तुलनामा अत्यधिक बढी हुन्छ । जुन अनुहारको टाउको, हात र काँधमा बढी देखिन्छ । यो दाग देखिन नदिन सनस्क्रिन जरुरी छ ।

अनुहार सुन्निन नदिन

नाङ्गो छाला हानिकारक विकिरणमा पर्दा छाला पोल्ने र सुन्निने सम्भावना हुन्छ । यो रोक्न र यस्तो समस्या हुन नदिन सनस्क्रिन लगाउने र आँखा छोप्ने खालका सनस्क्रिन लगाउनुपर्छ । यो समस्या भएमा जिंक र टिटानियम डाइअक्साइड भएको सनस्क्रिन राख्नुपर्छ ।

सनस्क्रिन लगाउने र नलगाउनेबीच भिन्नता

तुलनात्मक रुपमा हेर्ने हो भने पहिलेको ६० वर्षको मानिस र अहिले सनस्क्रिन लगाएका ६० वर्षको मानिसको अनुहारको स्वरूप नै फरक छ ।

सनस्क्रिन नलाउने पहिलेका मानिस ५५ देखि ६० वर्षमा वृद्ध देखिन्थे । अहिले छालाको स्याहार गर्ने र सनस्क्रिन लगाउनेहरु ६० वर्षमा कम उमेरको देखिन्छ ।

सनस्क्रिनमा भौतिकमा जिंक अक्साइड र टिटानियम डाइअक्साइड जस्ता तत्व हुन्छन् । जसले घामबाट आएका विकिरणलाई प्रतिविम्बित गरी छालाको सतहबाट छिर्न दिंदैन । यसले छालामा दाग धब्बालाई कम गर्ने र छाला कसिलो पार्ने काम पनि गर्छ ।

कस्तो सनस्क्रिनको छनट गर्ने ?

सनस्क्रिन कस्तो लगाउने भन्ने तय व्यक्तिको छाला अनुसार गर्नुपर्छ । छाला जुनसुकै होस् सनस्क्रिन  छनोट गर्दा जहिले पनि त्यसमा एसपीएफ भएको हेर्नुपर्छ । एसपीएफको पूरा अर्थ हो, सन प्रोटेक्सन फ्याक्टर । यूभीबी र यूभी विकिरणमा छाला डढाउने, छालामा क्यान्सर गराउने र अनुहार बिगार्ने तत्व हुन्छ ।

यस्तोमा एसपीएफको काम भनेको छालालाई यी तत्वबाट जोगाउनु हो । एसपीएफ मुख्य १५, ३० र ५० गरी तीन किसिमको हुन्छ । एसपीएफ १५ ले ९३ प्रतिशत, एसपीएफ ३० ले ९७ प्रतिशत र एसपीएफ ५० ले ९८ प्रतिशत यूबीबी किरणलाई रोक्छ । यी तीन खासै भिन्नता नभए पनि बढी घाममा बस्नुपर्ने भएमा ९७ प्रतिशत प्रभावकारिताका लागि एसपीएफ ५० उपयुक्त हुन्छ ।

बजारमा एसपीएफ ५० भन्दा माथिको सनस्क्रिन भनेर गलत प्रचार गरी सनस्क्रिन बेचिएको छ । एसपीएफ ५० भन्दा माथिको सनस्क्रिन वैज्ञानिक रुपले पुष्टि भएको छैन । सनस्क्रिनको प्रभावकारी नतिजाका लागि छालाको परीक्षण गराई चिकित्सकको परामर्श बमोजिम सनस्क्रिन प्रयोग गर्नु उचित हुन्छ ।

कसरी लगाउने ?

सनस्क्रिन लगाउनुअघि अनुहार अनुकूल मोइस्चराइजर लगाउनुपर्छ । मोइस्चराइजर लगाइसकेपछि सनस्क्रिन लगाउनुपर्छ । सनस्क्रिन बिहान नौ बजे र मध्यान्ह १२ बजे गरी दुईपटक लगाउनुपर्छ । किनभने घामको असर बिहान १० देखि साँझ २ बजेसम्म बढी हुन्छ । घाम नलाग्दा वा घाममा नबस्दा पनि सनस्क्रिन लगाउनुपर्छ । किनकि घाम नलागे पनि सूर्यको हानिकारक विकिरण रहिरहन्छ ।

पौडी खेल्न र ट्रेकिङ जाँदा दुई घण्टाको फरकमा सनस्क्रिन लगाइरहनुपर्छ । सनस्क्रिन लगाउँदा एक पटकमा दुई मिलिग्रामको मात्रा लिएर अनुहारको सबै भागमा थोरै थोरै राखेर लगाउनुपर्छ ।

कतिपयमा पटक-पटक लगाउँदा मुख धोएर लगाउनुपर्छ कि भन्ने दुविधा रहन्छ । विशेषगरी महिलाले सनस्क्रिनपछि फाउन्डेसन लगाएका हुन्छन् । यस्तोमा धुलोधुवाँमा जानुपरेको छैन भने अनुहार नपखाली त्यसमाथि पुनः लगाउन सकिन्छ । सम्भव भए अनुहार धोएर लगाउनु उपयुक्त हुन्छ ।


छाला तथा सौन्दर्य रोग डा. रूपक घिमिरे सनस्क्रिन
डा. रुपक विक घिमिरे
लेखक
डा. रुपक विक घिमिरे
छाला तथा यौनरोग विशेषज्ञ

डा. घिमिरे हाल काठमाडौं दरबारमार्गस्थित आवरण स्किन क्लिनिकका सञ्चालक हुन् । उनले डर्माटोलोजीमा एमडी गरेका छन् । कपाल प्रत्यारोपणका पनि विशेषज्ञ  काठमाडौं मेडिकल कलेजका पूर्वसहायक प्राध्यापक समेत हुन् । उनी नेपाल सोसाइटी अफ हेयर सर्जनका सचिव हुन् । डा. घिमिरेको मेडिकल काउन्सिल दर्ता नम्बर ७९०२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१
7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२

फिचर

घाँटी दुख्दा किन एन्टिबायोटिक खाइहाल्नु हुँदैन ?

घाँटी दुख्दा किन एन्टिबायोटिक खाइहाल्नु हुँदैन ?

कसरी आउँछ ज्वरो, पानीपट्टी कस्तो अवस्थामा लगाउने ?

कसरी आउँछ ज्वरो, पानीपट्टी कस्तो अवस्थामा लगाउने ?

गुप्ताङ्गमा समस्या भइराख्ने कारण भित्री वस्त्र त होइन ?

गुप्ताङ्गमा समस्या भइराख्ने कारण भित्री वस्त्र त होइन ?

माछामासु नखानेलाई पनि किन हुन्छ कोलेस्टेरोल ? (भिडियो)

माछामासु नखानेलाई पनि किन हुन्छ कोलेस्टेरोल ? (भिडियो)

मखाना वास्तवमै ‘सुपर फुड’ हो ?

मखाना वास्तवमै ‘सुपर फुड’ हो ?

आईभीएफले निःसन्तान दम्पतीलाई दिएको खुसी

आईभीएफले निःसन्तान दम्पतीलाई दिएको खुसी