+
+

केही पनि काम नगर्ने अनौठो पेसा, वार्षिक आम्दानी करिब १० करोड रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते १३:०८

पेसा, व्यवसाय वा जागिर आदिमा केही न केही काम त गर्नैपर्छ, अनिमात्रै तलब, भत्ता, पारिश्रमिक वा मुनाफा आर्जन गर्न सकिन्छ । तर, जापानमा एकजना यस्ता व्यक्ति छन् जसको पेसा नै केही पनि काम नगर्नु हो । र, यसरी केही पनि काम नगरेरै उनले गज्जब कमाई गर्दछन्, वार्षिक करिब १० करोड रुपैयाँ।

शोझी मोरिमोटो नामका ती युवकलाई जामानमा डू नथिंग गाइ अर्थात् केही पनि काम नगर्ने केटाको रुपमा चिनिन्छ ।

आफ्नो नामलाई नै चरितार्थ गर्दै मोरिमोटोले वास्तवमै केहीपनि काम गर्दैनन् । तर पनि उनले त्यही कामै नगर्ने कामलाई अनौठो पेशा बनाएका छन् ।

उनको काम नै निकै अनौठो छ । उनले केही पनि काम गर्नु पर्दैन, केवल अरु मानिससँग समय बिताइदिन्छन् र त्यसबापत चर्को शुल्क लिन्छन् ।

मोरिमोटोले उक्त अनौठो पेसा अँगालेरै वर्षमा करिब १० करोड रुपैयाँ बराबरको आम्दानी गर्दै आएका छन् । उनको त्यो पेशाको लोकप्रियता यतिधेरै बढेको छ कि जापानमा उनलाई भाडाको साथी बनाउनका लागि मानिसहरुले पालै नपाएर लामो समय कुर्नुपर्ने अवस्था सिर्जना भैसकोके छ ।

मोरिमोटोको काम मानिसलाई भावनात्मक साथ दिनु र उनीहरुलाई एक्लोपनाबाट बाहिर निस्किन सहयोग गर्नु हो । मानिसहरुलाई उनलाई आफूसँग समय बिताउनका लागि भाडामा लिन्छन् । कहिले उनी कसैसँग लञ्चमा गईदिन्छन् तर कहिले सँगै बसेर सो व्यक्तिका गुनासा, पीडा तथा अन्य कुरा सुनिदिन्छन् ।

आफूलाई भाडामा लिएर साथी बनाएका मानिससँग बसेको बेला मोरिमोटोले कुनै सल्लाह दिंदैनन्, कुनै काम गर्दैनन् र कुनै क्रियाकलापमा पनि सहभागी हुँदैनन् । उनको उनको उपस्थिति नै सम्बन्धित व्यक्तिका लागि पर्याप्त हुन्छ ।

मोरिमोटोका अनुसार उनको काम नै केहीपनि नगर्नु हो र उनी त्यही नै गर्दै आएका छन् ।

यस्तै कामै गर्नु नपर्ने पेशा भएपछि आफुलाई आएका सबै प्रस्ताव स्वीकारिहाल्छन् भन्न लाग्छ होला । तर, त्यसो होइन । उनले कैयन् प्रस्तावहरु अस्वीकार पनि गर्दछन् । कतिपय ग्राहकले उनलाई आफूसँग यौन सम्पर्क गर्ने प्रस्ताव पनि राख्छन्, जसलाई उनले अस्वीकार गर्दछन् । साथै उनले कुनै सांगितिक कार्यक्रममा जाने प्रस्ताव पनि स्विकार्दैनन् ।

वास्तवमा जापानमा एक्लोपन आम मानिसमा समस्याको विषय बनिरहेको छ । एक रिपोर्ट अनुसार जापानमा करिब ४० हजार मानिसको मृत्यु घरमा एक्लै हुँदा भएको छ । जीवनको अन्तिम समयमा उनीहरुको साथ दिने कोही पनि थिएन ।

एक रिपोर्ट अनुसार करिब ४ हजार मानिसहरुको शव त उनीहरुको मृत्यु भएको १ महिनापछि मात्रै फेला परेको थियो । जापानमा वृद्धावस्थाको जनसंख्या बढ्दै जाँदा एक्लोपन एक गम्भीर समस्या बनिरहेको बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?