+
+

ओपन एआईको अकाउन्ट ह्याक, क्रिप्टोकरेन्सी काण्डमार्फत् ठग्ने कोसिस

एजेन्सी एजेन्सी
२०८१ असोज १० गते १३:२४

च्याट जिपिटी निर्माता कम्पनी ओपन एआइको एक्स प्लाटफर्ममा आधिकारिक अकाउन्ट OpenAI Newsroom ह्याक भएको छ । उक्त अकाउन्ट ह्याक गरेर ह्याकरले क्रिप्टोकरेन्सी काण्डलाई प्रबर्धन गर्ने कोसिस गरेका छन् ।

ह्याकरले ओपन एआईको एक्स अकाउन्टमा एउटा पोस्ट गर्दै कम्पनीले $OPENAI नामको एउटा नयाँ क्रिप्टो टोकनको सुरुआत गरेको र ओपन एआई प्रयोगकर्ताले त्यसको फाइदा उठाउन सक्ने झुटो खबर प्रवाह गरे ।

ओपन एआइको न्युजरुम अकाउन्टको एक्स प्लाटफर्ममा धेरै फलोअर्स छन् । सोही अकाउन्टलाई ह्याक गरेर ह्याकरले एउटा वेबसाइटको लिंक शेयर गरिदिए । ह्याकरको उद्देश्य क्रिप्टोकरेन्सी स्क्याम मार्फत् ठगी गर्नु र आम मानिसबाट ठूलो रकम कुम्ल्याउनु थियो ।

ह्याकरले पोस्ट गरेको ट्वीटमा रहेको लिंकमा क्लिक गर्दा ओपन एआइको वेबसाइट जस्तै देखिने एउटा वेबसाइट खुल्दथ्यो । त्यसको युआरएल ओपन एआईसँग मिल्दोजुल्दो थियो ।

ह्याकरहरुको प्रयासका बाबजुत उक्त स्क्यामको सिकार कोही पनि भएनन् । साथै कम्पनीले त्यस विषयमा केही पनि बताएन ।

ओपन एआईले आफ्नो आधिकारिक न्युुजरुम एक्स अकाउन्टमा ह्याकरले राखेको उक्त पोस्ट हटाइसकेको छ । साथै उक्त ह्याकिंगका विषयमा आधिकारिक रुपमा कम्पनीले केही पनि बताएको छैन ।

ओपन एआई न्युजरुम अकाउन्टको सुरुवात केही दिन अघि मात्रै भएको थियो । एक महिनाभन्दा कम अवधिमा त्यसका फलोअर्स हजारौं पुगिसकेका छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?