+
+

‘खुस्मा’को बक्स अफिस पर्फमेन्सले धीरज मगरलाई ठूलो राहत

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते १४:०३

काठमाडौं । धीरज मगर घरेलु फिल्ममा नयाँपुस्ताका आशातीत अभिनेता हुन् । ६ वर्षअघि ‘इन्टु मिन्टु लण्डनमा’बाट फिल्म करिअर थालेका उनले डेब्यु फिल्मबाटै प्रसिद्धि कमाए ।

रुकुममा जन्मिएर र लण्डनमा हुर्किएका उनी यतिबेला नेपाल फर्किएर आफूलाई फिल्ममा होमिरहेका छन् । डेब्यु फिल्मबाट उनको आभा जति चम्कियो, उति पछिल्ला फिल्म बाबरी, ज्याकी : आई एम २१ र एक भागवत् गीताले उनको प्रसिद्धिलाई सोहीअनुसार निरन्तरता दिन सकेनन् ।

बक्स अफिसमा लगातार फिल्म असफल हुँदा धीरजसामु फिल्मलाई हिट दिनैपर्ने दबाब थियो । पाँचौं फिल्म ‘खुस्मा’ले उनलाई उनै ठूलै राहत दिएको छ । बिहीबारदेखि आइतबारसम्मको कमाइ हेर्दा फिल्मले साढे २ करोड हाराहारीमा कमाइ गरेको छ ।

कलेक्सनको हिसाबले यो कमाइ सन्तोषजनक हो । ‘बोक्सीको घर’पछि दर्शक हलसम्म फर्किन मुस्किल भइरहेको बेला ‘खुस्मा’ले केही हदसम्म हलसम्म तानेको छ । काठमाडौंसहित विशेषगरी पोखरा, बुटवल, नारायणगढ लगायतका टेरिटोरीमा फिल्मको पहिलो सप्ताहन्त कमाइ उत्कृष्ट छ ।

‘खुस्मा’मा धीरजको शीर्ष भूमिका छ जहाँ उनले ग्रामीण युवकको भूमिका निर्वाह गरेका छन् । उपासना सिंह ठकुरीसँगको उनको अनस्क्रिन रोमान्सको चर्चा भइरहेको छ । उपासना र धीरज फिचर्ड गीत ‘रुकुम मैकोट’ त युट्युबको ग्लोबल ट्रेन्डिङमा छ ।

धीरजले आगामी फिल्म ‘रुमानी रंग’मा काम गर्ने चर्चा छ । यदि यो फिल्म निर्माण भए उनले ‘इन्टु मिन्टु लण्डनमा’ को-स्टार साम्राज्ञी शाह अनस्क्रिन रोमान्स गर्नेछन् । निर्देशक हेरफेर भएपछि यो फिल्मको भविष्यले आकार चाहिं लिइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?