+
+

गुगल फोटोजमा नयाँ अपडेट, एआईबाट भिडियो अपडेट गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते १५:२४

१० असोज, काठमाडौं । गुगलको फोटो एप गुगल फोटोजमा विभिन्न नयाँ फिचर तथा टुल्स थप गरिएका छन्, जसमध्ये केही भिडियो एडिटिंगका लागि उपयोगी छन् ।

नयाँ अपडेटसँगै अब गुगल फोटोजमा रहेका भिडियोहरु सम्पादन गर्न निकै सजिलो भएको छ । अब तपाइँले एआईको प्रयोग गरेर गुगल फोटोजका भिडियोको कुनै विशेष भागको क्लिप बनाएर समेत शेयर गर्न सक्नुहुनेछ ।

नयाँ अपडेट पश्चात् जब तपाइँले गुगल फोटोजमा कुनै भिडियोमा EDIT बटन थिच्नुहुन्छ तब विभिन्न टुलहरु देखा पर्दछन् । ती टूलको सूचीमा तपाइँले Auto Enhance बटन पनि देख्नुहुनेछ । यसले एकै पटकमा भिडियोको रङमा सुधार गर्ने तथा स्थीर बनाउने सुविधा प्रदान गर्दछ ।

गुगलले Speed नामक टूल पनि थप गरेको छ । यसबाट तपाइँले भिडियोको स्पीडलाई तिव्र वा सुस्त बनाउन सक्नुहुन्छ । यसका साथै गुगल फोटोजमा थपिएको Trim टूलको प्रयोग गरेर कुनैपनि फुटेजलाई सटिक रुपमा काटछाँट गर्न सकिन्छ ।

गुगल फोटोजको भिडियो एडिटरमा अब एन्ड्रोइड र आइओएस दुबै प्लाटफर्ममा Video Presets उपलब्ध भएको छ । यो टूलले भिडियोलाई स्वचालित रुपमा काटछाँट गर्न, प्रकाशलाई मिलाउने, गतिलाई मिलाउने, डाइनामिक मोसन ट्रयाकिंग तथा जूम इफेक्ट्सलाई प्रयोग गर्न सहजता प्रदान गर्दछ। गुगल फोटोजको नयाँ अपडेट विस्तारै सबै प्रयोगकर्तालाई उपलब्ध गराउने गुगलले जनाएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?