+
+

‘सानो संसार’को काठमाडौं प्रिमियर, हलले खुलाए एड्भान्स बुकिङ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते १५:३३

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सानो संसार’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ । बुधबार बेलुका काठमाडौंमा फिल्मको प्रिमियर गरिएको थियो ।

प्रिमियर समारोहमा कलाकार तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति थियो । उक्त अवसरमा सहभागि अधिकांश सेलेव्रिटी दर्शकले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका छन् ।

फिल्मले नेपाली मध्यवर्गीय परिवारको वास्तविकता चित्रण गरिएको र फिल्म मर्मस्पर्शी रहेको उनीहरुको भनाई छ । यो फिल्म हरेक नेपालीले हेर्नुपर्ने सुझाव समेत उनीहरुको छ ।

पारिवारिक कथावस्तुमा अर्जुन कुमारद्वारा निर्मित यो फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको शीर्ष भूमिका छ । फिल्ममा उनीसँगै राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको मुख्य भूमिका छ ।

सिद्धार्थ पुडासैनी निर्देशित फिल्मको पटकथा पनि निर्देशकले नै लेखेका हुन् । उनको यो डेब्यु निर्देशन हो । कार्यकारी निर्माता माधव वाग्ले हुन् ।

७० लाख रुपैयाँको बजेटमा बनेको फिल्मको बजेटलाई निर्माता कुमारले आम नेपाली फिल्मको बजेट भएको बताए । आमरुपमा यतिबेला नेपाली फिल्मको निर्माणमा करोडभन्दा बढी खर्च हुन्छ ।

विहिबारदेखि नै प्रमुख मल्टिप्लेक्सले बुकिङ पनि थालेका छन् । निर्माता कुमारले हलले आफ्नो फिल्मलाई राम्रो शोज दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?