+

एभरेष्ट महिला भलिबल लिग खेल्न आउँदैछन् अमेरिकादेखि रसियासम्मका खेलाडी

२०८१ असोज  १० गते १७:०१ २०८१ असोज १० गते १७:०१

विदेशी खेलाडी समेत आएर खेल्ने भएपछि लिगको चर्चा देशदेखि विदेशसम्म छ र नेपाली खेलाडीहरु पनि विदेशी खेलाडीहरुसँग खेल्न उत्साहित छन् ।

एभरेष्ट महिला भलिबल लिग खेल्न आउँदैछन् अमेरिकादेखि रसियासम्मका खेलाडी

१० असोज, काठमाडौं । नेपाली भलिबल इतिहासमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज लिग भलिबल एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल) असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालमा हुँदैछ ।

इन्फिनिटी ड्रिम्सले नेपाली भलिबल इतिहासमा पहिलो पटक फ्रेन्चाइज लिगको सुरुवात गर्दैछ । जसमा नेपाली खेलाडी देखि विदेशी खेलाडीसम्मले खेल्नेछन् ।

पहिलो पटक हुन लागेको लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । हरेक टोलीमा १२ खेलाडी हुनेछन्  । त्यसमा ३ विदेशी खेलाडी अनिवार्य हुनेछन् । पहिलो संस्करणमा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स, कर्णाली यशविसले प्रतिस्पर्धा गर्नेछन् ।

विदेशी खेलाडी समेत आएर खेल्ने भएपछि लिगको चर्चा देशदेखि विदेशसम्म छ र नेपाली खेलाडीहरु पनि विदेशी खेलाडीहरुसँग खेल्न उत्साहित छन् ।

अझ ट्यालेन्ट हन्टबाट हरेक टिमले एक खेलाडी राख्नुपर्ने नियम अनुसार ६ वटा टिममा आएका १-१ जना नयाँ युवा खेलाडीका लागि पनि विदेशी खेलाडीसँग खेल्न पाउने राम्रो अवसर हुनेछ ।

हरेक टोलीले कम्तीमा ३ विदेशी खेलाडी राख्नुपर्ने नियमअनुसार इडब्लूभीएलमा कम्तीमा पनि १८ विदेशी खेलाडीले नेपालमा आएर खेल्नेछन् । गण्डकी थण्डर्सले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ ।

यस्तै मधेश युनाइटेड र चितवन शक्तिले ३-३ विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् ।

यो समाचार तयार पार्दासम्म काठमाडौं स्पाइकर्स र कर्णाली यशविसले समान २ तथा ललितपुर क्विन्सले १ विदेशी खेलाडी अनुबन्ध गरेको छ । बाँकी खेलाडी खेलाडी पनि छिटै घोषणा गरिने फ्रेन्चाइजले जनाएको छ ।

विदेशी खेलाडी अमेरिकादेखि रसियासम्म

यस पटक इडब्लूभीएल खेल्न अमेरिकादेखि रसियासम्मका खेलाडीहरु नेपाल आउँदैछन् । यस्तै युरोपका टर्कीए, बुल्गेरिया र ग्रीसका खेलाडीहरु पनि नेपाल आउँदैछन् ।

यस्तै महादेशका हिसवाले हेर्ने हो भने एसिया, युरोप, अमरिका र अफ्रिकाबाट खेलाडीहरु आउँदैछन् । नेपालमा आएर खेलिसकको अनुभव भएका भारतीय खेलाडीहरु पनि आउँदैछन् ।

अहिलेमसम् अनुबन्ध भएकामध्ये सबैभन्दा धेरै खेलाडी भारत र रुसका छन् । भारतबाट कुल ५ खेलाडी आउने पक्का भइसकेको छ । यस्तै रसियाका दुई खेलाडी अनुबन्ध भइसकेका छन् ।

गण्डकीले भारत र रसियाका दुई-दुई खेलाडी अनुबन्ध गरेको छ । थाइल्याण्डका एक खेलाडीको नाम सार्वजनिक गरिसकेको ललितपुर क्विन्सले भने बाँकी दुई खेलाडी पनि थाइल्याण्डकै अनुबन्ध गर्ने तयारी गरेको छ ।

चितवन शक्तिले पनि भारतका दुई खेलाडी सूर्या र केपी अनुशी अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीसँग नेपालको घरेलु भलिबल खेलिसकेकोले भारतका दुई खेलाडीको रोजाइ चितवन बनेको थियो ।

यस्तै काठमाडौं स्पाइकर्सले बुल्गेरिया र टर्किएको खेलाडी अनुबन्ध गरेका छन् भने कर्णाली यशविसले अमेरिका र ग्रीसको खेलाडी अनुबन्ध गरेको छ । काठमाडौंले अर्को एक खेलाडी पनि टर्किएबाटै ल्याउने तयारी गरिरहेको छ ।

अहिलेसम्म घोषणा भएका मध्ये भारत, रसिया, थाइल्याण्ड, काजकिस्तान, बुल्गेरिया, ग्रीस, टर्किए, ट्युनिसिया र अमेरिकाबाट खेलाडी नेपालमा लिग खेल्न आउनेछन् ।

विदेशी खेलाडीहरु समेत नेपालमा आएर लिग खेल्न उत्साहित छन् ।

विदेशी खेलाडीहरुसँग खेल्न उत्साहित नेपाली खेलाडी

यसअघि नेपाली खेलाडीहरु आफ्नो क्लब र विभागीय टिमबाट खेल्दै आएका थिए । यस पटक भने विदेशबाट समेत खेलाडीहरु आउने भएपछि विभिन्न फ्रेन्चाइजमा नेपाली खेलाडीहरु बाँडिएर खेल्नेछन् ।

हरेक टिमले एक मार्की खेलाडीसहित ड्राप्टबाट ८-८ खेलाडी अनुबन्ध गरेका छन् भने एक खेलाडी ट्यालेन्ट हन्टबाट लिएका छन् । ६ टिममा ट्यालेन्ट हन्टबाट ६ खेलाडीले खेल्ने अवसर पाउनेछन् । उनीहरु पहिलो पटकमै फ्रेन्चाइज लिग खेल्न उत्साहित छन् ।

आयोजक इन्फिनिटी ड्रिम्सले महिला शसक्तिकरणको लागि भन्दै महिला भलिबलको भलिबल आयोजना गर्न लागेको हो । अब पालो महिलाको भन्ने नाराका साथ इडब्लूभीएल आयोजना हुँदैछ । यसले नेपाली भलिबललाई व्यावसायिक रुपमा अगाडि बढाउने लक्ष्य समेत राखेको छ ।

यस्तै खेलाडीहरुले य सलिगबाट आर्थिक रुपमा समेत केही रकम आर्जन गर्नेछन् । मार्की खेलाडीले डेढ लाख पाउनेछन् भने  क्याटेगोरी ए मा हुने ले १ लाख, क्याटेगोरी बी मा हुनेले ५० हजार पाउनेछन् ।

यस्तै विदेशी खेलाडीका लागि पनि फ्रेन्चाइजले लाखौं रकम तिरेर नेपाल ल्याउँदैछन् ।

विदेशी खेलाडीहरु समेत नेपालमा आएर खेल्न उत्साहित छन् र इडब्लूभीएका लागि उत्साहित छन् । विदेशी र नेपाली खेलाडीको तालमेल कस्तो हुन्छ त्यो भने हेर्न बाँकी छ ।

इन्फिनिटी ड्रिम्सले नेपाल भलिबल संघसँग ७ वर्षको लागि सम्झौता गरेको छ । पहिलो वर्ष संघलाई २५ लाख दिनेछ । हरेक वर्ष १० प्रतिशतले उक्त रकम वृद्धि हुँदै जानेछ ।

यसले भलिबलमा व्यावसायिकता भित्रिएको र संघले पनि यो रकमबाट भलिबल विकासमा खर्च गर्ने संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताएका छन् ।

कुन टिममा को विदेशी खेलाडी?

 मधेश युनाइटेड

कालिनोभा यभजेनिया, काजकिस्तान (आउटसाइड हिटर)

योस्रो जेरामदिनी, ट्युनिसिया (मिडल ब्लकर)

जिनी कोभात, भारत (सेटर)

, काठमाडौं स्पाइकर्स

आन्द्रे टिसेतानोभा, सेटर (बुल्गेरिया)

पेलिन एरोक्टा,  अपोजिट हिटर (टर्किए)

एक घोषणा हुन बाँकी

ललितपुर क्विन्स

सुताड्ता चुएवुलिमआउटसाइड हिटर (थाइल्याण्ड)

दुई जना घोषणा हुन बाँकी

चितवन शक्ति

सूर्या, मिडल ब्लकर (भारत)

केपी अनुश्री, आउटसाइड हिटर (भारत)

अन्ना दिमित्रिभा, मिडल ब्लकर (रसिया)

 ५ गण्डकी थण्डर्स

एलिसा ट्रुबाएक, (रसिया)

एकातेरिना ज्यानिनत्सेभा, (रसिया)

शिल्पा सिन्ध, मिडल ब्लकर (भारत)

जुही शा, सेटर (भारत)

६ कर्णाली यशविस

गाब्रिएले बेन्डा, (अमेरिका)

अथानासिया लिएगकी, (ग्रीस)

एक खेलाडी घोषणा हुन बाँकी 

इडब्लूभीएल भलिबल एभरेष्ट महिला भलिबल लिग
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१