
९ असोज, काठमाडौं । माल्दिभ्सले आफ्ना नागरिकलाई पोस्ट ग्र्याजुएट मेडिकल शिक्षा दिन नेपालसँग प्रस्ताव गरेको छ ।
इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण क्षेत्रका मन्त्रीहरुको १२ औं उच्चस्तरीय बैठकपछि नेपालका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले र माल्दिभ्सका समकक्षी अब्दुल्लाह खलीलसँग भेट गरेका थिए ।
द्विपक्षीय वार्ताका क्रममा नेपाल र माल्दिभ्सबीच स्वास्थ्य क्षेत्रमा सहयोग आदानप्रदानका बारेमा कुराकानी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलले नेपालका चिकित्सकहरुले माल्दिभ्सको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको स्मरण गर्दै माल्दिभ्सको स्तरीय स्वास्थ्य सेवाको अनुभव नेपालका लागि उपयोगी भएको बताए ।
माल्दिभ्सका मन्त्री खलीलले नेपालका नागरिकले माल्दिभ्सको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै त्यहाँका मेडिकल अन्डरग्रयाजुएटलाई पोस्ट ग्रयाजुएट शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्न प्रस्ताव गरे । विगतमा माल्दिभ्सका नागरिक नेपालमा मेडिकल शिक्षा अध्ययन गर्दै आएका थिए ।
जवाफमा मन्त्री पौडेलले यसबारे आवश्यक तयारीपछि थप प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।
प्रतिक्रिया 4