+
+

एलिमेन्ट्स ब्याण्ड शनिबार काठमाडौंमा गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते १७:२८

काठमाडौं । युवापुस्तामाझ चर्चित रक ब्याण्ड ‘एलिमेन्ट्स’ले शनिबार सांगीतिक प्रस्तुति दिने भएको छ । हात्तीसारस्थित सिंक लाउन्जमा दर्शक तथा श्रोताले ब्याण्डलाई सुन्न पाउनेछन् ।

नयाँ म्युजिक भिडियो सार्वजनिक गर्ने सन्दर्भ पारेर सांगीतिक प्रस्तुति दिन लागेको ब्याण्डका व्यवस्थापक मनिष अधिकारीले जनाए । ब्याण्डले सोही दिन नयाँ गीत सार्वजनिक गर्नेछ ।

त्यही सन्दर्भमा ब्यान्डले नयाँ पुराना केही गीत पनि गाउनेछ । ब्याण्डको बिर्सने हौ कि, सपनाको मायालु, पुतली लगायत गीत चर्चित छन् ।

एलिमेन्ट्सको नयाँ गीतमा अभिनेत्री गौरी मल्लले अभिनय गरेकी छन् । मल्लसँगै कुन्साङ तामाङ र एलिमेन्ट्स ब्यान्डका तीनै जना सदस्य ईशानराज वन्त, रौनक अधिकारी र दीपेश गुरूङको अभिनय देख्न पाइन्छ ।

रविन शर्माको निर्देशनमा बनेको सांगीतिक भिडियोमा कुन्साङले रुद्र पात्रको भूमिका निर्वाह गरेका छन्, जसले एक साधारण पात्रबाट नायकसम्मको यात्रालाई चित्रण गरेका छन् ।

रोचक कथामा सांस्कृतिक विशेषता समेत झल्काउने गरी म्युजिक भिडियो बनाइएको उल्लेख छ । कला निर्देशक चे शंकरले नेपाली परम्परा र सांस्कृतिक विशेषता झल्किने दृश्य सिर्जना गरेका छन् । त्यस्तै, सौरभ लामिछानेको छायांकन रहेको फिल्मले पाटन क्षेत्रको सांस्कृतिक, आध्यात्मिक सौन्दर्यलाई सिनेम्याटिक रूप दिएको छ ।

ब्याण्डका गायक इशानराजले भने, ‘यो गीतले सबै मान्छे आफ्नो चलचित्रका हिरो आफैं हो भन्ने भाव बोकेको छ र म्युजिक भिडियो पनि त्यही अनुसार तयार भएको छ ।’ भिडियो एलिमेन्ट्स ब्याण्डको युट्युब च्यानलबाट सार्वजनिक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?