+
+

भोलि र पर्सि रात्रिबस नचलाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते १७:३४
नाइट बसको फाइल तस्वीर ।

१० असोज, काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।

साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?