+
+

कोशीको योजना आयोगमा दुई जना सदस्य नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते २०:३१

१० असोज, विराटनगर। कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा दुई जनालाई नियुक्त गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले सुनसरीको बराहक्षेत्र नगरपालिका ७ का नारायण कोइराला र विराटनगर महानगरपालिका– ४ की प्रमिलाकुमारी गच्छदारलाई नियुक्त गरेको हो ।

दुवैजना नेपाली कांग्रेसको कोटामा नियुक्त भएका हुन् । बिहीबार विहान आयोगको सदस्यमा सुनसरीको धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेले पदबाट राजीनामा दिएका थिए ।

दुवै जना नेकपा (माओवादी केन्द्र)को कोटाबाट आयोगको सदस्यमा नियुक्त भएका थिए। माओवादीले सरकार छाडेपछि उनीहरुले सदस्यबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?