+

पून्यमानलाई भेट्रान चेस उपाधि

२०८१ असोज  ११ गते ८:१३ २०८१ असोज ११ गते ८:१३
पून्यमानलाई भेट्रान चेस उपाधि

११ असोज, काठमाडौं । पूर्व राष्ट्रिय च्याम्पियन पुन्यमान कमाचार्यले प्रथम एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ मेमोरियल भेट्रान चेस च्याम्पियनसिपको उपाधि जितेका छन् ।

७ चरणको खेलमा उनले ५.५ अंक जोडे । समान अंक भएका बद्रीलाल नेपाली दोस्रो, गणेश मान दुवाल तेस्रो र नविन तण्डुकार टाइब्रेकको अधारमा दोस्रोदेखि चौथो भए ।

५ अंक भएका पूर्णराज खड्का पाँचौ, विलम लाल श्रेष्ठ छैटौं, राजेन्द्र बज्राचार्य सातौ, जनार्दन श्रेष्ठ आठौं, भीमदत्ता पाडे नवौं तथा अबिरल राई दशौ भए ।

उपाधि विजेता कमाचार्यले ३० हजार रुपैयाँ तथा उपविजयी नेपालीले २० हजार तथा तेस्रो हुने दुवालले १५ हजार रुपैयाँ पुरस्कार पाए । चौथो हुने खेलाडीले १० हजार तथा पाँचौ हुने खेलाडीले ७ हजार रुपैया पुरस्कार पाए । छैटौ देखि १० औ स्थान हात पार्ने खेलाडीले ५ हजार रुपैयाँ पुरस्कार पाए ।

विजेता खेलाडीहरुलाई पूर्वयुवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले पुरस्कार वितरण गरे । समापन कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका महासचिव अञ्जन धमला विशेष अतिथि थिए ।

यसैगरी, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी मर्हजन, पूर्वअध्यक्ष विदुर गौतम, समाजसेवी सावित्री अधिकारी, दिवंगत श्रेष्ठका आमा लक्ष्मी श्रेष्ट तथा धर्मपत्नी संगीता श्रेष्ठ, बुद्धिचाल महासंघका उप महासचिव मोनालिसा खुम्बू र अखिल नेपाल बुद्धिचाल संघका प्रदेश अध्यक्षहरुको उपस्थिति थियो ।

प्रतियोगिताको खेल सञ्चालन मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजुको नेतृत्वमा रहेको प्राविधिक टोलीले गरेको हो । स्वीस लिग प्रणालीमा २ दिन सञ्चालित प्रतियोगितामा ४२ जनाको सहभागिता थियो ।

दिवंगत श्रेष्ठ एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ  नेपाल बुद्धिचाल संघका पूर्वउपाध्यक्ष हुन् । उनकै प्रयासमा नेपालमा पहिलो पटक फिडे रेटिङ प्रतियोगिता भएको थियो । नेपालको पायनियर चेस क्लब मखन चेस क्लबको विकासमा ठुलो भूमिका रहेका श्रेष्ठ ओलम्पियाड खेलाडी समेत हुन् ।

नेपाली चेसलाई नयाँ स्वरूप र संरचनामा परिणत गर्ने सोच भएका उनकै पहलमा मखनमा चेस एकेडेमी पनि सञ्चालन भएको थियो । सोही एकेडेमीमा प्रशिक्षण गरेकी तारा घले नेपालको पूर्व महिला राष्ट्रिय च्याम्पियन समेत हुन् ।

नेपालमा भएको पहिलो राष्ट्रिय टिम च्याम्पियनसिपमा सुजेन्द्र सहितको मखन चेस क्लब पहिलो भएको थियो भने उनी आफ्नो बोर्डका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

बुद्धिचाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१