+

कर्णाली एश्विसबाट इडब्लूभीएल खेल्न नेपाल आइपुगिन् टर्किस खेलाडी जेनेप

२०८१ असोज  ११ गते ८:२५ २०८१ असोज ११ गते ८:२५
कर्णाली एश्विसबाट इडब्लूभीएल खेल्न नेपाल आइपुगिन् टर्किस खेलाडी जेनेप

११ असोज, काठमाडौं । टर्किस खेलाडी जेनेप ओटुरान कर्णाली एश्विज टिमबाट एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल) २०२४ खेल्न नेपाल आएकी छन् ।

टर्किस भलिबल खेलाडी जेनेप बिहीबार नेपाल आइपुगेकी हुन् । उनको आगमनसँगै टिममा थप उर्जा थपिएको र बलियो भएको ‘कर्णाली एश्विज’ को विश्वास छ । टर्किस खेलाडी जेनेपलाई केही समय अघिमात्र ‘कर्णाली एश्विज’ ले आफ्नो टिममा अनुबन्ध गरेको थियो ।

आउटसाइड हिटर जेनेप  आफ्नो शक्तिशाली खेल क्षमताका लागि परिचित छिन् । धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसकेकी जेनेपले सुल्तान्स लिगको समेत अनुभव बटुलिसकेकी छिन् ।

‘युथ नेसन्स टिम’ को समेत अनुभव लिइसकेकी जेनेपले बेस्ट स्पाईकर अर्वाड (पोर्चुगल) समेत हात पारिसकेकी छन् । राष्ट्रिय टिम र क्लबहरू दुवैमा दिएको योगदानका आधारमा उनले अन्य थुप्रै अवार्डहरू पनि प्राप्त गरेकी छन् ।

जेनेपका अनुसार उनको लागि भलिबल एक अनुशासन हो । उनी भन्छिन, ‘मेरो विचारमा यो टीम वर्क, समर्पण र प्रेम हो । सिक्न र सिक्नेको लागि निरन्तर इच्छा हो । म आफ्नो अनुभव नेपाल ल्याएर आफ्नो टिमको सफलतामा योगदान दिन र प्रशंसकहरूलाई भेट्न आतुर छु ।’

रमेश कर्पोरेसनको स्वामित्वमा रहेको ‘कर्णाली एश्विज’ ले यसअघि अमेरिका खेलाडी ग्याब्रीएल बेन्डालाई पनि अनुबन्ध गरिसकेको छ । ‘कर्णाली एश्विज’ टिमको प्रशिक्षक नेपाल यू२० महिला टिमका प्रशिक्षक कुमार राई छन् ।

जेनेप  र ग्याब्रीएल बेन्डाको उपस्थिति तथा भलिबल महिला टोलीको प्रमुख प्रशिक्षक कुमार राईको प्रशिक्षणले कर्णाली एश्विज’ टिमले ‘ट्रफी’ उचाल्नेमा टिम विश्वस्त छ । इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक आयोजना हुन लागेको महिला भलिबलको फ्रेन्चाइज लिग यही असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुँदैछ । लिगमा ६ टोलीको सहभागिता हुनेछ ।

कर्णालीको टिम: 

सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा ।

 

ईडब्लूभीएल एभरेष्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१