+
+

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

सुत्ने र उठ्ने समय निश्चित

उनीहरुलाई ठीक समयमा सुताउने र उठाउने बानी गर्नुपर्छ । सामान्यत राती ९ बजेसम्म बच्चालाई सुत्न प्रेरित गर्नु जरुरी छ भने बिहान ६ बजेसम्म उठ्न ।    

खाना आफै खान लगाउने

प्राय हामीलाई के लाग्छ भने साना बालबच्चाले खाना खाँदा छर्ने, जुठो बनाउने गर्छ । यही कारण हामी आफै उनीहरुलाई खुवाउन अग्रसर हुन्छौं । तर, यसरी उनीहरुलाई खाना खुवाउने बानी राम्रो होइन । उनीहरु आफैलाई खान दिनुपर्छ

Advertisement

आफ्नो खेलौना आफैं मिलाउन दिने

बालबच्चाले कुनैपनि खेलौना खेलिसकेपछि पुनः मिलाएर राख्न सिकाउनुपर्छ । यसले उनीहरुलाई काम गर्ने बानी बस्छ भने कुनैपनि सामाग्री जतन गर्नुपर्छ भन्ने पनि सिक्छन् ।

ब्रस गर्न र हात धुन

यही उमेरभित्र बालबच्चालाई शारीरिक सरसफाईमा अभ्यस्त बनाउनुपर्छ । खासगरी हात धुन, खाना खाइसकेपछि दाँत ब्रस गर्न सिकाउनैपर्छ ।

सागसब्जी र फलफूल खुवाउन

उनीहरुको खानामा सागसब्जी सामेल गर्नैपर्छ । यस्तो खानेकुरा सजिलै खान त मान्दैनन् तर पटक पटक प्रयास गरेर उनीहरुमा बानी पार्न सकिन्छ ।

नाच्न, गाउन र खेल्न सिकाउने

६ वर्षभन्दा कम उमेरका बच्चालाई अतिरिक्त गतिविधिमा सक्रिय बन्न प्रेरित गरेमा उनीहरुमा कला एवं सिर्जनशिल क्षमता विकास हुन्छ ।