+
+

एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई कस्तो मेडिकल उपकरण हो ?

एमआरआई भनेको चुम्बकीय शक्ति प्रयोग गरेर कम्प्युटरको सहायताले शरीरभित्रको अवस्थालाई जस्ताको त्यस्तै तस्वीरमा खिचेर देखाउने मेडिकल उपकरण हो ।

एमआरआईको पूरा रुप

एमआरआईको पूरा रुप म्याग्नेटिक रेजोनेन्स इमेजिङ हो ।

Advertisement

कस्तो अवस्थामा प्रयोग हुन्छ ?

शरीरको टाउकोदेखि पैतालासम्मको भागको समस्याको पहिचान गर्न र उपचारमा निगरानी एमआरआईको प्रयोग हुन्छ ।

एमआरआई गर्नुअघि

एमआरआई एक ओपीडी प्रक्रिया हो । त्यसैले हतार गर्न आवश्यक हुँदैन । परीक्षण सुरु गर्नुअघि पहिला नै सबै निर्देशन दिइन्छ ।

कति लामो प्रक्रिया हुन्छ ?

यो प्रक्रिया समस्या अनुसारको समय लाग्न सक्छ । न्यूनतम १५ मिनेटदेखि अधिकतम ५० मिनेटसम्म लामो प्रक्रिया पनि लाग्न सक्छ ।

कसरी काम गर्छ ?

मानव शरीरको अधिकांश भाग पानीले बनेको हुन्छ । शरीरभित्र रहेको यही पानी, चुम्बक, रेडियोवेभ, ग्रेडियन्टबीच प्रतिक्रिया गरेर एमआरआईले काम गर्छ ।

पीडारहित इमेजिङ प्रविधि

एमआरआई स्क्यान एक पीडारहित इमेजिङ प्रविधि हो । यसमा हानिकारक विकिरणको जोखिम हुँदैन ।