एक्सन हिरोको आध्यात्मिक रुपान्तरण
कुनै बखत एक्सन हिरोको छवि बनाएका निखिल उप्रेती पछिल्लो समय अध्यात्मतर्फ मोडिएका थिए ।
सफाचट अनुहारमा झ्याप्प दाह्रीजुँगा
सफाचट अनुहारमा झ्याप्प दाह्रीजुँगा पाले । रुपरंग बदले । हुलियाले पनि उनी कुनै साधु सन्त जस्तो देखिए ।
Advertisement
धार्मिक प्रवचन दिदै हिँडे
आफूलाई आध्यात्मिक बताउने उनले रुपरंग मात्र परिवर्तन गरेनन्, फिल्मको काम ठप्प छाडेर धार्मिक प्रवचन दिदै हिँडे ।
पिंजडा फिल्मबाट डेब्यु
पिंजडा नामक फिल्मबाट डेब्यु गरेका उनले करियरको छोटो अवधिमै दर्जनौ फिल्ममा अभिनय गरे ।
एकाएक चर्चामा
फिल्ममा एउटा दृश्यका लागि उनले सात तलाबाट हाम फालेपछि एकाएक चर्चामा आएका थिए ।
सात्विक जीवन
हिरोको रुपमा चर्चा–परिचर्चा भइरहेकै बखत उनले चमकदमक शैली त्यागेर सात्विक जीवन अपनाए ।
कपाल प्रत्यारोपण
भर्खरै मात्र उनले कपाल प्रत्यारोपण गराए । फिल्मको छायांकनमा लाइट, मेकअपका रसायनसहित धुवाँ, धुलो, घाम पसिनाले कपालमा समस्या देखिएपछि प्रत्यारोपण गरेको उनले बताएका छन् ।