+
+

‘बेहुली फ्रम मेघौली’ घटस्थापनादेखि ६० अमेरिकी सहरमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १३:५५

काठमाडौं । स्वस्तिमा खड्का स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’ ६० भन्दा बढी अमेरिकी सहरमा प्रदर्शन हुने भएको छ । निर्माता तथा निर्देशक निश्चल बस्नेतले घटस्थापनादेखि नै ती सहरका हलमा फिल्म रिलिज हुने लागेको बताए ।

यतिबेला निर्माताले विभिन्न मुलुकका लागि फिल्मको वितरण अधिकार बिक्री गरिरहेका छन् । जसअनुसार अमेरिकी वितरकहरुका अनुसार अमेरिकाको डालस, न्युयोर्क, बोस्टन र सान फ्रान्सिस्को लगायतका सहरमा फिल्म लाग्नेछ ।

अमेरिकाको वितरण अधिकार नेपसिने, हिमालीफाइ, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एण्ड कम्पनीले खरिद गरेका छन् । अस्ट्रेलिया, युरोप र मध्यपूर्वका देशमा वितरण अधिकारको टुंगो चाँडै लाग्ने जनाइएको छ ।

नेपालमा यो फिल्म दशैंको घटस्थापना अर्थात् असोज १७ देखि रिलिज हुँदैछ । फिल्ममा निश्चल र स्वस्तिमासँगै बसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सजन काफ्ले र आकाश बरालले पटकथा लेखन तथा निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?