+
+

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १४:५१
उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेय र उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला।

११ असोज, काठमाडौं। न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा दुईजनाको नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्नेछन्।

६ पुस, २०९३ मा टेकप्रसाद ढुंगाना अवकाश भएपछि निरौला पुगनपुग दुई महिनाका लागि प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् ।

निरौला सर्वोच्च अदालतका तेस्रा मुख्य रजिष्ट्रार हुन् । उनी मुख्य रजिष्ट्रारबाटै उच्च अदालतको मुख्यन्यायाधीशमा नियुक्त भएका थिए ।

सर्वोच्चमा सिफारिस भएका नित्यानन्द पाण्डे अहिले उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश छन् । उनी गत मंसीरमा उच्च अदालतको मुख्य न्यायाधीश भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?