+

एपीएफ अपराजित रहँदै सुपर लिगमा

२०८१ असोज  ११ गते १५:०६ २०८१ असोज ११ गते १५:०६
एपीएफ अपराजित रहँदै सुपर लिगमा

११ असोज, काठमाडौं। एन्फा महिला लिग २०८१ मा लिग चरणको अन्तिम खेलमा बागमती युथ क्लबलाई ५-० ले पराजित गर्दै एपीएफ सुपर लिग प्रवेश गरेको छ ।

एपीएफ अपराजित रहँदै सुपर लिग प्रवेश गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफको जितमा आज रश्मि कुमारी घिसिङले चार गोल गरिन् ।

रश्मीले ३५ औं मिनेटमा गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा बागमतीले सुनिता भुलानलाई लाग्दै आत्मघाती गोल बेहोर्न पुग्यो । ४० औं मिनेटमा अनिता बस्नेतको कर्नरमा रश्मि कुमारी घिसिङको हेडर सुनिता भुलानलाई लाग्दै गोल भएको हो ।

पहिलो हाफमा २–० को अग्रता बनाएको एपिएफले दोस्रो हाफमा ७ गोल थप्यो र खेल बागमतीबाट निकै टाढा लग्यो ।

दोस्रो हाफमा ४७ औं मिनेटमा अनिता बस्नेतले गोल गरिन् ।

खेलको ५७ औं, ८२ औं र ८८ औं मिनेटमा रश्मि कुमारी घिसिङले गोल गरिन् ।

त्यस्तै, इन्जुरी समयमा सविता राना मगरले गोल गर्दै एपिएफलाई ७–० को जित दिलाइन् ।

बागमतीको भने यो सिजनको यो अन्तिम खेल थियो ।

एपिएफ ९ खेलमा १ बराबरी सहित २५ अंक सहित शिर्ष स्थानमा रहँदै सुपर लिग प्रवेश गरेको हो ।

बागमती भने शिर्ष पाँचबाट बाहिरिइसकेको छ । बागमतीले ९ खेलमा ३ जित, १ बराबरी र ५ हार सहित सिजन सकेको छ ।

एपीएफ अपराजित सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०
6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६