+
+

वीरगञ्ज नाका भएर भित्रिने पर्यटकलाई फूलमालाले स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १४:४०

११ असोज, काठमाडौं । वीरगञ्ज नाका भएर भित्रिने पर्यटकलाई फूलमालाले स्वागत गरिएको छ ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले विश्व पर्यटन दिवसका अवसरमा वीरगञ्ज नाका भएर भित्रिने पर्यटकलाई शंकराचार्य गेटमा फूलमाला लगाएर स्वागत गरेको हो ।

शुक्रबार वीरगञ्ज नाका हुँदै जनकपुरधाम, पशुपतिनाथ लगायत धार्मिक स्थल हिँडेका भारतीय धार्मिक पर्यटकलाई दही र जुस खुवाउनुका साथै टीका र फूलमाला लगाएर स्वागत गरिएको संघ अध्यक्ष हरि पन्तले जानकारी दिए ।

राज्यकै ध्यान आकर्षित गराउन नेपाल भित्रिने मुख्य नाका शंकराचार्य गेटमा कार्यक्रम आयोजना गरेर पर्यटकलाई स्वागत गरिएको उनको भनाइ छ ।

कार्यक्रम सञ्चालन भइरहेको समयमा नेपाल भित्रिएका आधा दर्जन धार्मिक पर्यटकलाई गन्तव्य स्थलसम्म पुग्न भाडाको समेत व्यवस्थापन गरिएको उनले बताए ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?