+
+

अखिल क्रान्तिकारीको सम्मेलन : दोस्रो दिनको कार्यसूचीमा प्रवेश गरेन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १५:३३

११ असोज, काठमाडौं। अखिल क्रान्तिकारीको २३औं सम्मेलनको दोस्रो दिनका लागि तोकिएको कार्यसूचीमा कार्यान्वयन हुन सकेको छैन ।

आजका लागि विधानमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो । ‘आजका लागि तोकिएको कुनै पनि कार्यसूचीमा प्रवेश गर्न आज सकेको छैन,’ उपाध्यक्ष क्षितिज सापकोटाले अनलाइनखबरसँग भने ।

आजको कार्यसूचीमा विहान ८ बजे कार्यालयको बैठक, ९ बजेका लागि कार्यालयले सम्पादन गरेको विधानलाई हलमा पेश गर्ने कार्यसूची थियो । विवादित भएका ठाउँका प्रतिनिधि टुंगो लगाउने कार्यसूची बनाइएको थियो । ‘आज कुनै पनि कार्यसूची कार्यान्वयन हुन सकेन । यसले बन्दसत्रको तालिकालाई प्रभावित बनाएको छ,’ सापकोटाले भने ।

भावी नेतृत्वका लागि पार्टी नेतृत्वले आन्तरिक छलफल गर्ने चाहना, वर्षा लगायतका कारणले कार्यतालिका प्रभावित भएको सम्मेलनका प्रतिनिधिले जानकारी गराएका छन् । वर्षाका कारण कतिपय प्रतिनिधि हलमा नआएको र आएकाहरु नाचगानमा लागेको सापकोटाले जानकारी गराए । दुई हजार २२३ जना सम्मेलनमा प्रतिनिधि छन् ।

भावी नेतृत्वका आकांक्षीहरु बन्दसत्रमा ध्यान नदिएर मत माग्न लागि सकेकाले निर्धारित कार्यतालिका अनुसार काम नभएको सहभागीले बताए । अखिल (क्रान्तिकारी)को अध्यक्षका लागि १८ जनाले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?