+
+

अखिल क्रान्तिकारीमा ३३ पदाधिकारी, २४३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १६:२८

११ असोज, काठमाडौं । अखिल क्रान्तिकारीले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ ।

कीर्तिपुरमा जारी संगठनको २३औं राष्ट्रिय सम्मेलनमा प्रस्तावका लागि तयार बनाइएको विधानमा ३३ सदस्यीय पदाधिकारीसहित २४३ सदस्यीय जम्बो केन्द्रीय समितिको प्रस्ताव गरिएको छ ।

पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् ।

एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । विधानमा केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

सचिवालयमा पदाधिकारीसहित हरेक प्रदेशबाट निर्वाचित एक छात्रा र एक समावेशीसहित ५ जना र केन्द्रीय कार्यालयले मातहत रहनेगरी विश्वविद्यालय प्रदेशमा आबद्ध नरहेका विश्वविद्यालय समितिहरूबाट ३ जना रहनेछन् ।

विहीबारबाट सुरु भएको सम्मेलनमा आज विधान र प्रतिवेदन पारित गरी नेतृत्व चयन प्रक्रिया सुरु गर्ने तयारी छ । निर्वाचनको तयारीसँगसँगै सहमतिको प्रयास पनि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?