+
+

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

स्वास्थ्यलाई धेरै किसिमले फाइदा

एन्टिबायोटिक र एन्टी-इन्फ्लेमेटरी गुणले भरिपूर्ण फिटकिरी प्राय: भान्सामा हुने रासायनिक पदार्थ हो । यसले स्वास्थ्यलाई धेरै किसिमले फाइदा पुर्‍याउँछ ।

मानव कोषलाई स्वस्थ राख्न मद्दत

यसमा रहेको आल्मुनियम सल्फेटले मानव कोषलाई स्वस्थ राख्न मद्दत गर्छ ।

Advertisement

टन्सिलको समस्यामा

फिटकिरीमा एन्टिबायोटिक गुण पाइन्छ, जसकारण यो धेरै प्रकारका संक्रमणसँग लड्न निकै प्रभावकारी हुन्छ । मुखमा घाउ आउने र टन्सिलको समस्यामा यसको प्रयोग गर्न सकिन्छ ।

गिजाको समस्यामा

फिटकिरी दाँतको दुखाइ र गिजाको समस्यामा पनि उपयोगी हुन्छ ।

एक्जिमा, डन्डीफोर जस्ता समस्यामा

घाँटी दुख्ने, शरीरको दुर्गन्ध, चिलाउने, एक्जिमा, डन्डीफोर जस्ता समस्यामा फिटकिरी फाइदाजनक मानिन्छ ।

पायल्सको समस्यामा

महिलाको यौनाङ्गबाट सेतो पानी बग्ने समस्या, पायल्सको समस्या र युरिन इन्फेक्सनको समस्यामा पनि फिटकिरीको प्रयोग गरिन्छ ।

अनुहारको चाउरी कम गर्न

फिटकिरीमा एस्ट्रिन्जेन्ट गुण प्रचुर मात्रामा पाइन्छ । यसको प्रयोगले अनुहारको दाग र चाउरीको समस्या पनि कम गर्न सक्छ ।