+
+

अखिल क्रान्तिकारीका ४ पूर्वअध्यक्षले थाले सहमतिको प्रयास

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १६:५६

११ असोज, काठमाडौं । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास सँगसँगै निर्वाचनको पनि तयारी गरिएको छ ।

विहीबारबाट सुरु भएको सम्मेलनमा आज विधान र प्रतिवेदन पारित गरी नेतृत्व चयन प्रक्रिया सुरु गर्ने तयारी छ ।

सहमतिको प्रयासमा अखिल क्रान्तिकारीका चार पूर्वअध्यक्षहरुले छुट्टै छलफलसमेत गरेका छन् । छलफलमा पूर्वअध्यक्षहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल र रञ्जित तामाङ बसेका थिए । तर सहमति नजुटेको स्रोतले बतायो ।

छलफलमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘अध्यक्ष सहमतिमा टुंग्याएर अरु पदमा निर्वाचनमा जाने विकल्पमा छलफल गरिए पनि सहमति भएको छैन ।’

अध्यक्ष पदमा वर्षमान पुन र जनार्दन शर्मा पक्षबीच प्रतिस्पर्धा हुने सम्भावना छ । वर्षमान पुन पक्षबाट दिपेश पुन अध्यक्षको बलियो दाबेदार हुन् । शर्मा पक्षबाट मदन भट्टराई, मदन भुल र नारायण खनालमध्ये एकजना उम्मेदवार हुने सम्भावना रहेको स्रोतले बतायो ।

यसैगरी प्रचण्ड र नारायणकाजी श्रेष्ठसँग समान सम्बन्ध बनाएका पवन कार्की तथा प्रचण्ड र पम्फा भुसाल समूहसँग निकट सम्बन्धमा रहेका नरेश रेग्मी पनि अध्यक्षका दाबेदार हुन् ।

सूर्यनारायण साह, गजेन्द्र देव, प्रविणा अधिकारी, जीपी मैनाली लगायत पनि अध्यक्षका आकांक्षी छन् । अखिल क्रान्तिकारीका प्रवक्तासमेत रहेका मैनाली पनि शर्मा पक्षका मानिन्छन् । उनी भन्छन्, ‘म पार्टी अध्यक्षलाई सहयोग गरिरहने जनार्दन शर्मा पक्षको हुँ ।’

प्रवक्ता मैनालीले विधान र प्रतिवेदनहरु आज पारित गरिसकेपछि नयाँ नेतृत्व चयन सुरु हुने बताए । ‘सहमति र निर्वाचन दुवैको तयारी सँगसँगसै भइरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?