+
+

प्रधानन्यायाधीशमाथि बार अध्यक्षको आरोप : लेनदेन मिलाउन सर्वोच्चमा न्यायाधीश सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते २०:२०

११ असोज, काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीशमाथि गम्भीर आरोप लगाएका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनको आधारमा सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको उनको अरोप छ ।

न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत, तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेलाई न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको थियो ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीशमाथि आफूले लिएको हिसावकिताव मिलानका लागि न्यायाधीश सिफारिस गरेको आरोप लगाए ।

बार एशोसिएसनले गैरसंवैधानिक काममा सम्झौता नगर्ने भन्दै उनले अगाडि भने, प्रधानन्यायाधीशज्यु, मलाई थुनेर तपाईँले गरेको गैरन्यायिक र गैर संवैधानिक काम संवैधानिक हुन्छ भने थुन्नुस् । आजै थुन्नुस्, मेरो चुनौति हो ।’

उनले संसदलाई पनि प्रधान्यायाधीशले गरेको गैरगैरसंवैधानिक कामको साक्षी नबस्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?