+
+

राजेशपायल र मेलिनाको स्वरमा डीआईजी कार्कीले ल्याए ‘दशैं रमाइलो’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १७:३२

काठमाडौं । दशैं नजिकिंदै जाँदा नेपाल प्रहरीका प्रवक्ता समेत रहेका गीतकार दानबहादुर कार्कीले ‘दशैं रमाइलो’ गीत ल्याएका छन् । गीतमा राजेशपायल राई र मेलिना राईको स्वर छ भने संगीत दीपक शर्माले दिएका छन् । गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा दशैंको रमाइलो माहोलको दृश्य समावेश गरिएको छ । जेरी भण्डारीको निर्देशन रहेको भिडियोमा दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओली फिचर्ड छन् । दशैंको रौनक देखिने गीतमा तीनैजनाले टीका र जमरा लगाएर छमछमी नाचेका छन् । भिडियोमा करणसिंह चासिरको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन र कोरियोग्राफी जेरी भण्डारीकै छ ।

‘दशैं विशिष्ट सांस्कृतिक महत्व बोकेको नेपालीहरुको महान् चाड हो’ गीतबारे गीतकार कार्कीले भने, ‘यसले समग्र नेपालीमा उत्पन्न गर्ने हौसला र दशैं मान्न नपाउनेहरुको समग्र मनस्थिति र अवस्थालाई यो गीतमार्फत झल्काउन खोजिएको छ ।’

डीआईजी कार्की संगठनको कामसँगै गीत लेखनमा पनि सक्रिय छन् । दुई साताअघि मात्रै उनको शब्दमा प्रहरीको पीडा र भावना समेटिएको ‘फूलको वासना सरी’ गीत सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?