+
+

तीन होमस्टे घोषित भए ‘वर्ष पर्यटन गाउँ’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १८:११

११ असोज, काठमाडौं । सरकारले ४५औं विश्व पर्यटन दिवसका अवसरमा तीन होमस्टेलाई ‘वर्ष पर्यटन गाउँ’ घोषणा गरिएको छ ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालले तीन होमस्टेलाई वर्ष पर्यटन गाउँ घोषणा गरेको हो । जसमा संखुवासभा सभापोखरी गाउँपालिका–३ त्रिवेणी बजारस्थित सभापोखरी सामुदायिक होमस्टे, धादिङ बेनीघाट रोलाङ गाँउपालिका–८ चैलिङ गाउँस्थित चैलिङ सामुदायिक होमस्टे र गुल्मी चन्द्रकोट गाउँपालिका–४ स्थित टिमुरे सामुदायिक होमस्टे छन् ।

सरकारले पर्यटन दिवसमा विधागत क्षेत्र अनुसार हिमालय इन्काउन्टर प्रालि, सीता वर्ल्ड ट्राभल प्रालि, एभरेस्ट हस्पिटालिटी एन्ड होटल, हिमालय स्काइ ड्राइभ प्रालि, नेपाल वायुसेवा निगम, अमेरिकी दूतावास, सिन्तामणी रिसोर्ट मुस्ताङलाई सम्मान गरेको हो ।

श्यामबहादुर पाण्डे र अम्बिका श्रेष्ठलाई (मरणोपरान्त) सम्मान गरिएको छ । सम्मानित हुनेमा होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष विनायक शाह, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङङ एजेन्सिज (नारा) अध्यक्ष शिव अधिकारी, निमारिन्जी शेर्पा, फुन्जोझान्बो लामा, पूर्णिमा श्रेष्ठ, छिरिङपान्डे भोटे, आङटासी शेर्पा, क्याप्टेन विवेक खड्का, रविन्द्रमानसिंह प्रधान, सि छुई, सरोज भाटिया, फुर्पा शेर्पा, निमबहादुर मगर, मीनबहादुर भाम, बुद्ध एयर, प्रिप्रहर सामुदायिक होमस्टे ग्राम नवलपरासी छन् ।

यसैगरी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले सबैभन्दा बढी टिम्स कार्ड बेच्ने पाँच कम्पनी रोयल माउन्टेन प्रालि, राइका टुर्स एन्ड ट्रेक, इन्टरनेसनल ट्रेकर्स, थ्रि सिस्टर्स एडभेन्चर र डिभाइन इन्टरनेसनललाई पनि सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?