+
+

सपिङमा नयाँ अनुभव गराउँदै महाराजगञ्जको ‘सेल्सबेरी सुपरस्टोर’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १५:५७

१४ असोज, काठमाडौं । सेलवेज क्यास एन्ड क्यारी प्रालिले काठमाडौं महाराजगञ्जमा यो वर्ष वैशाखदेखि सञ्चालनमा ल्याएको ‘सेल्सबेरी सुपरस्टोर’ ले ग्राहकलाई ‘सपिङ’ को नयाँ अनुभव गराइरहेको छ ।

सेल्सबेरी सुपरस्टोरमा ‘जति धेरै सामान खरिद गर्‍यो, त्यति धेरै छुट’ पाइने कम्पनीले जानकारी दिएको छ ।

नौ रोपनी क्षेत्रफल ओगटेको १६ तल्ला अग्लो सेल्सबेरी सुपरस्टोरको अर्को विशेषता के हो भने यहाँआउने ग्राहकले गाडी तथा मोटरसाइकल पार्किङका लागि चिन्ता गर्नुपर्दैन । निःशुल्क पार्किङ रहेका कारण ग्राहकले आरामसँग सपिङ गर्न पाउँछन् ।

खाद्यान्न, फलफूल, तरकारी, दुग्धजन्य पदार्थ, लत्ताकपडा, विद्युतीय सामग्री, भाँडाकुँडा, जुत्ताचप्पल, खेलौनादेखि चकलेट, बिस्कुट, बेकरी आइटम हुँदै शृङ्गार सामग्री लगायत ब्रान्डेड दैनिक उपभोग्य सामान सरल मूल्यमा सेल्सबेरी सुपरस्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

युरोपेली मापदण्ड अनुसार बनेको सुपरस्टोरलाई नेपालकै ‘सुपर सपिङ डेस्टिनेसन’ बनाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

‘रियल डिपार्टमेन्टल स्टोर कस्तो हुन्छ भन्ने अनुभव गर्न सेल्सबेरी सुपरस्टोर महाराजगञ्ज जानैपर्ने तथा त्यहाँ पाइने सामान सितिमिति अन्य डिपार्टमेन्टल स्टोरमा नपाइने भएकाले यो प्रिमियम सुपरस्टोर बन्ने विश्वास कम्पनीले लिएको छ । ग्राहकवर्गले पनि यो खुलेयता निकै नै माया गरेको कम्पनीले जानकारी दिएको छ ।

महाराजगञ्ज सेल्सबेरी सुपरस्टोरमा जानुका अरू पनि फाइदा छन् । किनभने, सुपरस्टोरको पहिलो चार तलामा सवारीसाधनका लागि बेसमेन्ट पार्किङ छ । भुइँतलादेखि छैटौं तलासम्म डिपार्टमेन्टल स्टोर, सात र आठ तलामा विभिन्न कर्पाेरेट कार्यालय, नवौं, १०औं र ११औं तलामा जिम, फिटनेस सेन्टर, स्पा, रेस्टुरेन्ट तथा बार, १२औं तलामा स्विमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफी लाउन्ज तथा इभेन्ट सेन्टर छ ।

सामान खरिद गर्न आउने ग्राहकलाई केही खानुपरे विभिन्न फुडकोर्टमा कफीदेखि विविध खानेकुरा मात्र नभई गर्मी याममा पौडी खेल्न स्विमिङ पुलसमेत उपलब्ध छ ।

अर्को रमाइलो पक्ष के छ भने सुपरस्टोरको १३औं तलाबाट काठमाडौं उपत्यकालाई ३६० डिग्रीमा अवलोकन गर्न सकिन्छ ।

सेल्सबेरी सुपरस्टोरमा सामानमात्र किन्ने होइन, अन्य सेवा सुविधा पनि उपभोग गर्न सकिने तथा उपभोक्तालाई यसले पनि भिन्नै स्वाद दिइरहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी काठमाडौं आइपुगेका विदेशी पर्यटकले पनि सेल्सबेरी सुपरस्टोर जाऔं न त भन्ने गरी भवन निर्माण गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर घरायसी सामान, विद्युतीय सामग्री, घरेलु उपकरणका सामग्री, फर्निचर तथा लत्ताकपडामा विभिन्न आकर्षक छुटको बहार योजना सार्वजनिक गरेको छ ।

ती आकर्षक छुट योजना अन्तर्गत १० देखि ५० प्रतिशतसम्म छुटका साथै अन्य आकर्षक उपहार दिईने कम्पनीले जनाएको छ । योजना ११ असोजदेखि २५ कात्तिकसम्म लागु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?