
११ असोज, काठमाडौं। बूढानीलकण्ठस्थित एक घरमा कम्तीमा ४ थान हतियार भेटिएको छ ।
घरधनीले बताए अनुसार घर भाडामा दिइएको थियो । तर दुई वर्षदेखि बन्द अवस्था थियो । भाडामा लिएको व्यक्ति सम्पर्कमा नआएपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा ताला फोडिएको थियो ।
त्यसक्रममा बाह्रबोर, एयर पेस्तोल सहितका हतियार भेटिएपछि प्रहरीलाई खबर गरेका हुन् ।
काठमाडौंमा एसएसपी बसन्त रजौरेले पनि केही हतियार बरामद भएको पुष्टि गरे । उनले अगाडि भने, ‘के हो भन्ने अनुसन्धान भइरहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4