+

नेपाल प्रहरी र स्ट्याग उपाधिका लागि भिड्ने

२०८१ असोज  ११ गते २०:२७ २०८१ असोज ११ गते २०:२७
नेपाल प्रहरी र स्ट्याग उपाधिका लागि भिड्ने

११ असोज, काठमाडौं । नेपाल प्रहरी क्लब र आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ मा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । प्रहरी फाइनलमा पुगेको दोश्रो पटक हो । गत संस्करणमा स्ट्याग तेश्रो भएको थियो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलको पुरुष सिंगल्समा प्रहरीका वंश सिंघलले एपीएफका राजीव चिकबञ्जारलाई ११–७, ११–३ र ११–९ को सोझो सेटमा पराजित गरे । महिला सिंगल्समा प्रहरीकी लक्षिता नारङले एपीएफकी दिया देउलालाई सीधा सेटमा ११–५, ११–२ र ११–८ ले हराइन् ।

मिक्स डबल्समा प्रहरीका संयोग कपाली र लक्षिताको जोडीले एपीएफका राजीव र अनिता महर्जनको जोडीलाई ११–८ र ११–४ ले पछि पारेपछि तेश्रो सेट नै खेल्नु परेन । नकआउटमा जुन टिमले पहिले ८ अंक हासिल गर्छ त्यही टिम विजयी हुने नियम छ । त्यस आधारमा प्रहरी समग्रमा ८–० ले विजयी भयो । १ सेट जितका लागि १ अंक पाउने प्रावधान छ ।

प्रतिस्पर्धात्मक अर्को सेमिफाइनलमा स्ट्यागले यल टेबलटेनिसलाई समग्रमा ८–६ ले पाखा लगायो । पुरुष सिंगल्समा यलका आदर्श ओम क्षेत्रीले स्ट्यागका हमर साङगालाई ११–९, ११–२ र ११–९ ले पन्छ्याउदै यललाई ३–० को अग्रता दिलाए ।

महिला सिंगल्समा प्रहरीकी त्रिशा गोगोइले यलकी मुनमुन कुन्डुमाथि ३–० को सोझो सेटमा जित दर्ता गर्दै खेललाई ३–३ को बराबरीमा ल्याइन् । त्रिशाले ११–६, ११–९ र ११–४ ले बाजी मारिन् ।

मिक्स डबल्समा यलका एलेक्स महर्जन र मुनमुनको जोडी विरुद्धको खेलमा स्ट्यागका गनन्जय र त्रिशाको जोडी तीनै सेटमा समान ११–७ को नतिजामा विजयी भए । मिक्स डबल्सको समाप्तिमा स्ट्याग ६–३ ले अगाडि रह्यो ।

अर्को पुरुष सिंगल्समा यलका एलेक्सले स्ट्यागका प्रवेशलाई ११–८, ११–९ र ११–१० ले पराजित गरेसंगै खेल ६–६ को बराबरी अवस्थामा पुगेको थियो । निर्णायक तथा अन्तिम स्पर्धाका रुपमा रहेको महिला सिंगल्समा यलकी रविना महर्जन विरुद्ध स्ट्यागकी सुस्मिता खड्काले सुरुका २ सेटको नतिजा ११–८ र ११–१० ले आफ्नो पक्ष पारेपछि प्रहरीलाई आवश्यक ८ अंक पुग्यो र खेललाई अगाडि बढाउनु परेन ।

लिगमा सेट १०–१० को बराबरी भएमा ‘गोल्डेन प्वाइन्ट’ का आधारमा सेटको नतिजा टुंगो लगाउने प्रावधान छ । फाइनल शनिबार हुनेछ ।

टेबलटेनिस एकेडेमी नेपाल प्रहरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०