+
+

कैलालीका एसपी अदालतबाट पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते ६:५८

१२ असोज, धनगढी । फरार प्रतिवादी पक्राउ गरेर कैद र जरिवाना असुलीमा भूमिका खेलेको भन्दै कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्ट जिल्ला अदालतले सम्मान गरेको छ ।

शुक्रबार जिल्ला अदालतमा बसेको न्याय क्षेत्र समन्वय बैठकमा प्रहरी प्रमुख बिष्टलाई प्रतिवादी पक्राउ गरी कैद र जरिवाना असुलीमा महत्वपूर्ण भूमिका खेलेकाले सम्मान गरिएको अदालतले जनाएको छ ।

जिल्ला अदालतका सूचना अधिकारी समेत रहेका शाखा अधिकृत कमल घलेले विष्टको नेतृत्वमा प्रहरीले फरार प्रतिवादी पक्राउ गर्दै कैद र जरिवाना असुलीमा उल्लेखनीय भूमिका खेलेका कारण उनलाई सम्मान गरिएको बताए ।

उनकाअनुसार जिल्ला अदालतका प्रमुख न्यायाधिश दण्डपाणी पाण्डेले एसपी बिष्टलाई प्रशंसा पत्रसहित सम्मान गरेका हुन् । घलेले आर्थिक वर्ष २०८०/८१ को फैसलाबाट लागेको कैद जरिवानाको लगत उल्लेखनीय रुपमा असुल गरेर फैसला कार्यान्वयनमा प्रशंसनीय काम गरेको सम्मान गरिएको बताए ।

गत वर्षको फागुनमा कैलालीको प्रहरी प्रमुख भएर आएका एसपी विष्टको नेतृत्वमा प्रहरीले जिल्लाभरबाट चार सय ५८ जना फरार प्रतिवादी पक्राउ गरेर १७४ वर्ष ८ महिना कैद र ६५ ला ३६ हजार ५५८ रुपैयाँ जरिवाना असुल गरेको थियो ।

चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा ४५ जना फरार प्रतिवादी पक्राउ गरी उनीहरुबाट चार वर्ष आठ महिना एक दिन कैद र पाँच लाख जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?