+
+

बाढीले झापाको बिरिङ खोला पुलमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते ७:०८

११ असोज, काठमाडौं । झापाको अर्जुनधारा गाउँपालिका-७ बिरिङ खोलाको मोटरेबल पुलमा बाढीले क्षति पुर्‍याएको छ ।

बिरिङ खोलाको खुदुनाबारी-शनिश्वरे जोड्ने मोटरेबल पुल अविरल वर्षासँगै आएको बाढीले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पुलमा क्षति पुगेपछि यात्रु र सवारी साधन आवागमन रोकेर वैकल्पिक बाटो दिइएको छ । अर्जुनधारा नगरपालिका ७ स्थित फुलमति पुलबाट मिलडाँडा हुँदै वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?