+
+

मोरङमा १०० परिवार विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते ८:३५

१२ असाेज,विराटनगर । अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण मोरङ जिल्लामा एक सय बढी परिवार विस्थापित भएका छन् ।

विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदामा एक सय बढी परिवार विस्थापित भएका हुन् । प्रहरीको रेकर्डमा भने ९४ परिवार विस्थापित भएको उल्लेख छ ।

रंगेलीमा ४१ परिवार विस्थापित भएका छन् । रंगेली नगरपालिका–२ लक्ष्मीपुरका १६ परिवार विस्थापित भएका छन् । उनीहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

रंगेली नगरपालिका–९ मा डाँस खोलाको बाढी खोलाधार टोलमा पसेपछि २२ परिवार विस्थापित भएका छन् । विराटनगर महानगरपालिका–२ र कटहरी गाउँपालिका १ का केही परिवार विस्थापित भएका छन् ।

सिंघिया खोलामा आएको बाढीका कारण विराटनगर–२ का ३ परिवार आफन्तको घरमा सरेका छन् । कटहरी–१ बख्खु टोलका ४ परिवार विस्थापित भएका छन् । उनीहरुलाई नारी विकास संघको भवनमा राखिएको छ ।

सिंघियाकै बाढीका कारण जहदा गाउँपालिका १ धुनी टोल सरबरीया बस्तीमा २५ घर डुबानमा परेका छन् । उनीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

धनपालथान गाउँपालिका–३ बेतौना टोलका २४ परिवार विस्थापित भएका छन् । मंगलबारे नहरमा पानीको बहाव बढेर बाढी गाउँमा छिरेपछि उनीहरु विस्थापित भएको प्रहरीले जनाएको छ ।

विराटनगरको दक्षिणपश्चिम क्षेत्रका केही बस्ती पनि डुबानमा परेका छन् । केशलिया खोलामा आएको बाढी र परेको पानी निकास नहुँदा बस्ती डुबानमा परेको हो । प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार केशलिया खोलामा आएको बाढी बस्तीमा पसेको हो । बाढीका कारण केही परिवार विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?