+
+

नागढुंगा–थानकोट खण्डमा पहिरो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते ९:०२

१२ असोज, काठमाडौं । काठमाडौंको नागढुंगा–थानकोट खण्डमा पहिरो गएको छ । पहिरोले सडकको एउटा लेन पूरै बन्द भएको छ ।

लेदोमाटोसहित खसेको पहिरो पन्छाउने काम यो समाचार तयार पार्दासम्म सुरु नै भएको छैन ।

नागढुंगा चेकपोइण्टमै पनि पहिरो खसेको छ । पहिरो जान थालेपछि काठमाडौं भित्रिने सवारी साधन चेकिङ गर्ने प्रहरीहरु ठाउँ सरेका छन् ।

अविरल वर्षासँगैको बाढी पहिरोबाट राजधानी काठमाडौंसहित देशभरको जनजीवन प्रभावित भएको छ ।

काठमाडौंका नदी र खोला निकारका बस्ती जलमग्न भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?