+
+

बल्खु खोलामा एकजनाको शव भेटियो, नख्खु खोलामा फसेका ३० जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते ८:५९

१२ असोज, काठमाडौं । काठमाडौंको बल्खु खोला किनारमा एउटा शव फेला परेको छ । शवको सनाखत भएको छैन ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी पुगेर शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ ।

शुक्रबार बेलुकी काठमाडौंको ढुंगेधाराबाट एक युवक मोटरसाइकलसहित ढलमा खसेका थिए । मोटरसाइकल फेला परे पनि मान्छे फेला नपरेपछि खोजीकार्य जारी छ ।

यसैबीच आज बिहानपख ललितपुर महानगरपालिका १३ कुसुन्ती दिव्यनगरमा नख्खु खोलाको बहाब बढेपछि मोटर ग्यारेजमा फसेका करिब ३० जना मजदुरको सशस्त्र प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई उद्धार गर्न सशस्त्र प्रहरीको २१ नम्बर गणबाट ३० जनाको टोली र २० नम्बर गणबाट ११ जनाको टोली डुंगासहित परिचालित भएको थियो ।

उनीहरुलाई आज बिहान करिब ५ बजेदेखि उद्धार सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?